प्रधानमन्त्रीले रोकिदिए परराष्ट्रमन्त्रीको जेनेवा भ्रमण

Bijay Gyawali १४ फाल्गुन २०७९, आईतवार १८:३६

काठमाण्डौ –  परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालको जेनेभा भ्रमण रोकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि मन्त्री पौड्यालको भ्रमण रोकिएको हो ।

प्रधानमन्त्रीले नजानू भनेपछि आफ्नो जेनेभा भ्रमण रोकिएको मन्त्री पौड्यालले जानकारी दिइन् । ‘प्रधानमन्त्रीज्यूले मलाई जेनेभा नजानू भन्नुभयो,’ पौड्यालले भनिन्, ‘सोही कारण मेरो जेनेभा भ्रमण रोकिएको हो ।’

मन्त्री पौड्याल संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को वैठकमा भाग लिन आज जेनेभा जाने कार्यक्रम थियो । तर, अन्तिम समयमा आएर प्रचण्डले उनको भ्रमण रोकिदिएका हुन् ।

पुस १० मा बनेको सत्ता समीकरणमार्फत पौड्याल एमालेको तर्फबाट परराष्ट्रमन्त्री बनेकी हुन् । तर, राष्ट्रपतिको निर्वाचनसम्म आइपुग्दा माओवादी केन्द्र, नेपाली कांग्रेसलगायत ८ दलको अर्को गठबन्धन बनेको छ ।

उक्त गठबन्धन बनेसँगै एमाले र माओवादी केन्द्रको सम्बन्ध चिसिएको छ । सोहीकारण प्रचण्डले पौड्यालको भ्रमण रोकिदिएको स्रोतको दाबी छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८