कविता- शोषणको मार क्षमतामा प्रहार

Subodh Regmi १४ फाल्गुन २०७९, आईतवार १९:२७
Narad Gautam
          नारद गौतम

मिल्छन् शब्द अनेक घातक हुने हो शब्द यो शोषण ।
यस्को हुन्छ प्रयोग स्वार्थ लिनमा गर्छन् नि स्वार्थीगण ।।
घाती गर्दछ घात गुप्ततहले जान्दैन जो तो जन ।
आफू बन्छ स्वयं शिकार त्यसको बुझ्दैन सोझो मन ।।

चल्छन् शोषण अर्थ लुट्न र यता हेर्दा भयो आर्थिक ।
यस्का छन् नि अनेक तौरतरिका खान्छन् कला माफिक ।।
अड्डामा घुसपेस चल्दछ यता अर्को छ व्यापारिक ।
ठग्छन् दुष्ट समाजमा पनि कतै छन् कार्य सामाजिक ।।

ठूलो शोषण झन् चलाख जनले गर्छन् सधै बौद्धिक ।
भुट्छन् बुद्धि कुरा बटार्न चतुरा मानिन्छ यो प्राज्ञिक ।।
लाटो बुद्धि छलिन्छ हुन्छ हमला गर्छन् नि साङ्घातिक ।
सद्दै दास बनाउँछन् ठगहरू हुन्छन् निकै मायिक ।।

शिक्षाक्षेत्र छ पूर्ण शोषित अझै पार्टीहरूले गरे ।
संस्थाभित्र दलीय नाम र ध्वजा बोकाउनेमा परे ।।
विद्या हासिल गर्न केन्द्रित हुने बेला कचल्ट्याइयो ।
खाए शैक्षिक त्यो गुणस्तर यिनी माथा जगल्ट्याइयो ।।

कोही छन् चतुरे विशिष्ट प्रतिभा थिच्छन् र मिच्छन् कला ।
आफन्ती र दलीयवाद नभए पूरा निमोठ्छन् गला ।।
राम्रो हैन जतासुकैतिर सधै हाम्रो दले चाहियो ।
हत्या शोषण योग्यतातिर चल्यो यस्तो यहाँ पाइयो ।।

राम्रा छन् कविता भने पनि तिनी चोर्नेहरू भेटिए ।
अर्काको क्षमता लिए अघि बढे ताली प्रशंसा लिए ।।
चारैतर्फ नयाँ नयाँ तबरले चल्दो छ है शोषण ।
मासौँ शोषकका कुबुद्धि जति छन् बाँकी नराखौँ कण ।।

२०७९/११/१४/१ 

योगिकुटी, बुटवल ।

Facebook Comments

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५