कोठामा झुण्डिएको अवस्थामा भेटिईन युवती

Subodh Regmi १४ फाल्गुन २०७९, आईतवार २०:५३

बागलुङ्ग – जिल्लाको बडिगाड गाँउपालिका २ कोलबोटकी एक युवतीले गएराती आफ्नै घरमै झुण्डीएर आत्महत्या गरेकी छिन।

२८ बर्षिया कोपिला रानाले आफ्नै घरमा सलले घाँटिमा पासो लगाएर आत्महत्या गरेको प्रहरीचौकी खर्वाङका प्रमुख प्रहरी सहायक निरिक्षक चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

हिजो बेलुकी खाना खाने बेलामा श्रीमती घरको उपल्लोतलामा एक्लै सुतेको बताउदै कोपिलाका श्रीमान राम बहादुर रानाले बिहान आफु काममा जाने बेला सम्म पनि कोठाको ढोका नखोलेपछि शंका लागेर प्रहरीलाई खबर गरेको बताए ।

जानकारीपछि प्रहरी घटनास्थल पुगेर ढोका खोलेर हेर्दा कोपिला कोठामै झुण्डीएको अबस्थामा फेला परेकी हुन । कोपिलाका ९ वर्षिय छोरा र ५ वर्षिय छोरी रहेका छन ।

काेपिलाकाे शव पाेष्टमार्टमकाे लागि प्राथमिक स्वास्थ्य चाैकि बुर्तिबाङ लगिएकाे छ। घटनाकाे थप अनुसन्धान भइरहेकाे प्रहरी चाैकी खर्वाङले जनाएकाे छ ।

Facebook Comments

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५