रुरुक्षेत्र, गुल्मी – गुल्मी जिल्लाको रुरु गाऊँपालिका नेपालकै उत्कृष्ट गाऊँपालिकामध्ये पर्दछ। शिक्षा, यातायात, संचारलगायत अन्य भौतिक बिकासका दृष्टिकोणमा यस गाऊँपालिकाले समग्र गुल्मी जिल्लामा मात्र नभएर देशकै नमुना गाऊँपालिकाको परिचय बनाएको छ।
यस गाऊँपालिकाले हाल घ्यूंबेसी भन्ने स्थानमा गाऊँपालिका भवन बनाऊँदै छ, जुन भवन निर्माणाधिन अवस्थामा रहेको छ भने निर्माणाधिन भवनको ठिक पारिपट्टि निर्माण गरिएको गाऊँपालिकाको सभाहल भने ब्यवस्थित देखिएको छैन।
करिब १२ लाख लागतमा निर्माण गरिएको यस सभाहलमा पार्किङ्गको यथोचित बन्दोवस्त गरिएको छैन भने सभाहलका शौचालयहरुमा पानीको समस्या देखिएको छ। शौचालय फोहोर हुनाका साथै शौचालयका धारामा पानी नआऊने समस्याले गर्दा त्यहाँ आऊने सेवाग्राहीहरु समस्यामा पर्ने गरेका छन।
करिब ५ सयजना अट्नेगरि बनाईएको यस सभाहलको निर्माणको सम्झौता अवधि काटिसक्दा पनि सभाहलले पूर्णता भने पाऊन सकेको देखिंदैन। तीन महिनाभित्र निर्माण सम्पन्न गरि हस्तान्तरण गर्नुपर्ने सम्झौता भएता पनि सभाहलले भने अझै पूर्णता पाऊन सकिराखेको छैन।
लायन्स कन्ट्रक्सन एण्ड सप्लायर्सले निर्माणको ठेक्का लिएको यस सभाहलको प्राङ्गणमा ढुंङ्गा, गिट्टि बालुवालगायतका निर्माण सामागरि असरल्ल पारेर राखिएको छ भने सभाहलको प्राङ्गणमा यौटा पिऊने पानीको ब्यवस्थासमेत गरिएको छैन।
शौचालयका धारामा पानी नआऊँदा शौचालय तथा हातधुने स्थान फोहोर त छन नै साथै त्यसबाट निस्किने दुर्घन्धले गर्दा शौचालय प्रयोगमा समेत समस्या उत्पन्न भएको छ।