ग्रीसमा रेल दुर्घटना, २६ को मृत्यु, ८५ घाईते

Bijay Gyawali १७ फाल्गुन २०७९, बुधबार ०८:४५

सिएनएन – उत्तरी ग्रीसमा दुईवटा रेल एक आपसमा ठोक्किँदा कम्तिमा २६ जनाको मृत्यु हुनुका साथै ८५ भन्दा बढी घाइते भएको ग्रीसको अग्नि नियन्त्रण सेवा (फायर सर्भिस)ले जनाएको छ ।

ग्रीस राज्य-स्वामित्वको प्रसारणकर्ता ईआरटिमा सार्वजनिक तस्बिरहरूमा देखाईएअनुसार पल्टिएका रेलका डिब्बाबाट धुंवा निस्किएको र उद्धारमा एम्बुलेन्सहरुको लामो पंक्ति लागेको समाचार संस्था सिएनएनले उल्लेख गरेको छ ।

उद्धारकर्मीहरू टर्च बालेर शव तथा घाईतेको खोजी गरिरहेका छन। ग्रीक अग्नि नियन्त्रण सेवाका प्रवक्ता भासिलिस वार्थाकोगियानिसले टेलिभिजन ब्रीफिङमा ३५० भन्दा बढी यात्रु बोकेको यात्रुवाहक रेल स्थानीय समयअनुसार लारिसा शहर नजिकै मध्य ग्रीसको टेम्पी क्षेत्रमा मंगलबार साँझ अर्को एक मालवाहक रेलसँग ठोक्किएको बताएका छन।

१७ वटा सवारी साधन , २० वटा एम्बुलेन्ससहित कम्तिमा १५० बारुण यन्त्र उद्धार कार्यमा संलग्न छन् । यात्रुवाहक ट्रेन एथेन्सबाट थेसालोनिकी जाँदै थियो। यसैबीच मृतक तथा घाईतेको खोजीकार्य जारी छ साथै मृतकको संख्या बढ्ने अनुमान गरिएको छ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८