नेपालको आर्थिक विकासको आधार पर्यटन नै हो – राज्यमन्त्री ठकुरी

Subodh Regmi २१ फाल्गुन २०७९, आईतवार ०६:२०

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुशिला सिर्पाली ठकुरीले नेपालको आर्थिक विकासको मुख्य आधार पर्यटन भएको बताएकी छिन।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको एक गोष्ठीमा बोल्ने क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री ठकुरीले नेपालको आर्थिक विकासको मुख्य आधार पर्यटन भएको बताएकी हुन।

बिश्वका अग्ला १२ हिमालमध्ये ८ वटा हिमाल नेपालमा मात्र अवस्थित हुनु सामान्य कुरा नभएको बताउदै हाम्रो देशका हिमाल, प्राकृतिक दृष्य र बहुमुल्य जडिबुटी नेपालको पर्यटन उद्योगको आधार भएको बताएकि हुन।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको पर्यटन संस्कृति प्रवर्धन र सर्वाङगीण विकास अर्धाखाँची जिल्लामा आधारित १२ वटा कार्यपत्र पेश गरीएको थियो ।

लुम्बिनी प्रदेशसहित समग्र नेपालको पर्यटन विकासका सम्बन्धमा बर्तमान अवस्था, पर्यटन विकासका आधार लगायतका विषयमा विभिन्न क्षेत्रका विज्ञहरुसंगको कार्यपत्र पेश गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको सचिवालयका मुख्य स्वकिय सचिव पारस पोखरेलले बताए।

नेपालको समग्र पर्यटन विकासका सम्बन्धमा पूर्वसचिव सुरेश अधिकारी, डा.मुकुन्द भण्डारी, अनुसन्धानकर्ता अशोक पाण्डे, डा.निमानन्द रिजाल, डा.मुक्ति रिजाल, ईन्जीनियर मुक्ति अर्याल, डा.भिष्म भुसाल, डा.डेविड भुसाल, समाजशास्त्रि हिम्मत सिंह लेकाली, तुल्सीदास गौतम लगाएतका विभिन्न क्षेत्रका विज्ञहरुले कार्यपत्र पेश गरेका थिए।

कार्यक्रममा योजना आयोगका सदस्य राम कुमार झुँयाल, त्रिभुवन विश्वविद्यालयका विभागका प्रध्यापक, पुर्व सचिवहरु, अनुसन्धानकर्ता,लगाएतका बौद्धिक ब्याक्तित्वहरुको सहभागिता रहेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुशिला सिर्पाली ठकुरीले अध्यक्षता गरेको गोष्ठीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव सुरेश अधिकारीले स्वागत मन्तब्य राखेका थिए।

Facebook Comments

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५