देशको हितभन्दा माथी गएर म राष्ट्रपतिको उम्मेद्वार बनिन – अध्यक्ष नेपाल

Bijay Gyawali २१ फाल्गुन २०७९, आईतवार ०७:३८

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको हितलाई केन्द्रबिन्दुमा राखेर राष्ट्रपतिको प्रस्तावलाई महत्व नदिएको बताएका छन् ।

शनिबार काठमाडौंमा पार्टी निकट दलित मूक्ति संगठनको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राष्ट्रपतिको चुनावको सन्दर्भमा आफ्नो पार्टीमा प्रस्ताव आएको भन्दै पदलाई नभएर नेपालको राजनीतिलाई स्थायित्व दिने कुरालाई महत्व दिएको बताए।

देशलाई अघि बढाउनका लागि पार्टीको स्वार्थलाई त्याग्दै आठ दलीय गठबन्धनमार्फत सहमतिमा राष्ट्रपति उमेदवार गरिएको दाबी गरे । अहिले पनि नेपालको राजनीतिमा आफ्नो पार्टीको धेरै भूमिका रहेकाले नै विभिन्न प्रस्तावहरु आइरहेको उनको भनाइ छ ।

अध्यक्ष नेपालले वर्तमान सरकारलाई पार्टीको समर्थन रहेको र विश्वासको मत लिने बेला पनि समर्थन हुने बताए । वर्तमान सरकारलाई पूर्णता दिएर देशैभर आठ दलीय गठबन्धनको सरकार बनाउनका लागि अघि बढ्ने उनले बताए ।

अध्यक्ष नेपालले अहिले कम्युनिष्ट एकताको खाँचो रहेकाले नेकपालाई व्यूँताउनका लागि पहल गर्नुपर्ने धारणा राखे । उनले आफ्नो पार्टी अरु पार्टीमा समाहित हुने अवस्था नरहेको बरु सम्मानजनक एकताको पक्षमा रहेको जिकिर गरे।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८