इन्डोनेसियाको इन्धन भण्डारण स्टेशनमा भिषण आगलागी, १७ को मृत्यु, ५० बढि घाईते

Bijay Gyawali २१ फाल्गुन २०७९, आईतवार १०:४३

जाकार्ता, इन्डोनेसिया (एजेन्सी) -इन्डोनेसियाको राजधानी जकार्तामा रहेको राज्य ऊर्जा कम्पनी पेर्टामिनाद्वारा सञ्चालित इन्धन भण्डारण स्टेशनमा शुक्रबार आगलागी भएको छ। दुर्घटनामा दुई बालबालिकासहित १७ जनाको मृत्यु भएको छ भने ५० जना घाईते भएका छन।

घटनास्थलबारे जानकारी हुनासाथ दमकलको ५० वटा युनिट घटनास्थलमा पुगी राहत र उद्धार कार्य जारी राखेको छ। दुर्घटनाका क्रममा स्थानीय बासिन्दाले आगोमा फसेका धेरैको ज्यान बचाएका थिए ।

सञ्चारमाध्यमका अनुसार शुक्रबार राति करिब ८ बजे उक्त दुर्घटना भएको हो। इन्धन स्टेशन घना जनसंख्या भएको क्षेत्रमा रहेको छ जसका कारण आसपासका केही घरमा समेत आगलागी भएको छ ।

जकार्ताका कार्यवाहक गभर्नर हेरु बुडी हार्टोनोले घटनाको पुष्टि गर्दै दुर्घटनामा घाइते भएकाहरुको उपचार खर्च सरकारले व्यहोर्ने बताएका छन।

तस्विरमा उद्धारकर्मीहरू दुर्घटनापछि इन्धन भण्डारण स्टेशनबाट शव निकाल्दै देखिएका छन् भने आगलागीको कारण भने खुल्न सकेको छैन।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८