सामाजिक संजालमा भाइरल चितुवा बोकेको तस्विरको यथार्थता

Subodh Regmi २१ फाल्गुन २०७९, आईतवार ११:२६

कुस्मा, पर्वत (रासस ) -पर्वतमा शुक्रबार एउटा गाउँमा चितुवा भेटियो। त्यसको केही क्षणमै मान्छेहरूले चितुवा बोकेर गाउँ डुलाएको भिडिओ र तस्बिर सामाजिक सञ्जालमा भाइरल हुँदै गयो।

‘के साँच्चिकै गाउँलेले जिउँदो चितुवा समाएका हुन् त?’

सामाजिक सञ्जालमा जिउँदो चितुवा भन्दै बोकेर खिचाएका भाइरल तस्बिर प्रहरीले झुटो भएको बताएको छ।

बिहान १० बजेतिर फलेवास नगरपालिका–२ थापाठानाको गहतेमा गाउँलेले चितुवा देखेर प्रहरीलाई खबर गरेपछि प्रहरी त्यहाँ पुगेको थियो।

‘हामी १० बजे आसपासमा चितुवा भएको ठाउँमा पुगेका थियौं। बेहोस अवस्थामा रहेको चितुवा एकैछिन पछि जुरूक्क उठे पनि धानिन नसक्ने भएकाले यताउति गर्दै बारीको कान्लामुनि खस्यो,’ कार्कीनेटा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विष्णु अधिकारीले भने, ‘त्यसको १० मिनेटपछि चितुवा मर्‍यो। त्यहाँ वरिपरि रहेका युवामा मरेको चितुवा उचाल्दै फोटो खिच्न तँछाडमछाड नै भयो। चितुवाको मुचुल्का उठाउँदा त्यस्तो बाहिरी घाउ चोट केही देखिएको छैन।’

डिभिजन वन कार्यालय पर्वतको टोलीले घटनास्थल पुगेर मृत्यु भएको चितुवालाई कार्यालयमा ल्याइपुर्‍याएको छ। कार्यालयले चितुवा बूढो भएर सिकार गर्न नसक्ने भएपछि मरेको हुन सक्ने बताएको छ।

‘चितुवा २० केजी जतिको छ,’ निमित्त वन अधिकृत विष्णुप्रसाद अधिकारीले भने, ‘बुढ्यौलीले सिकार गर्न सक्ने तागत नहुनु र वनजंगलमा चितुवाका लागि आहार नभेटिँदा कमजोर भएर मरेको हो भन्ने देखिन्छ।’

एक वर्षअघि पनि पर्वतमा बिरामी अवस्थामा रहेको चितुवाको घाँटीमा डोरीले बाँधेर बजार घुमाएको भिडिओ र तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो। उक्त चितुवालाई राष्ट्रिय प्रकृति संरक्षण कोष–जैविक विविधता संरक्षण केन्द्र सौराहामा पठाइएको थियो। चितवन राष्ट्रिय निकुञ्ज र केन्द्रका भेटेरिनरी टिम तथा वन्यजन्तु प्राविधिकको उपचार र स्याहार सम्भारपश्चात् चितुवा तन्दुरुस्त भएकाले निकुञ्ज छेउको जंगलमा छोडिएको थियो।

Facebook Comments

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५