अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा धारणा प्रस्तुत गर्न सकोस, सवैमा शुभकामना ।।

नेपालको सन्दर्भमा वर्तमान संविधानले निर्दिष्ट गरेका महिला अधिकासम्बन्धी ब्यवस्थालाई अक्षरस: पालना गर्दै महिला अधिकार प्राप्ति एवं शसक्तिकरण लाई अझ नयाँ उंचाईमा पुर्याउनु राज्यलगायत हामी सवै नागरिकको दायित्व हुन जान्छ। विशेष गरेर विभिन्न बाहानामा घरेलु हिंसामा परि अंगभंग या जीवन गुमाउनुपर्ने अवस्थामा परेका महिलाहरुको हकहित एवं उथ्थानमा महिला अधिकारकर्मी एवं राज्यले अत्यन्तै सक्रियताका साथ लागीपर्नुपर्ने देखिन्छ। विशेष गरेर तराईक्षेत्रमा हुने महिला हिंसा, बलात्कार एवं बेचबिखन अन्त्यमा अधिकारकर्मी र राज्यले बेलैमा येथेष्ट कदम चाल्नुपर्ने आवश्यकता रहिआएको छ। दूरदराजका वस्तीहरुमा महिलामाथी हुने छुवाछुत, घृणा, अविस्वास, तिरस्कार, वेचविखन, बलात्कार तथा सामाजिक रुपमै गरिने सार्वजनिक वेईज्यतीका बारेमा राज्य, अधिकारकर्मी, सम्बन्धित निकाय र स्थानिय प्रशासनको सहयोगमा तुरुन्तै निराकरण गर्नु जरुरी छ। साथमा ती र त्यस्ता क्षेत्रहरुलाई विशेष जोखिमयुक्त क्षेत्र घोषणा गरि जनचेतना अभिवृद्धी एवं रोजगारमूलक वातावरणको सिर्जना गरिदिनुपर्दछ।

यसपाली पनि महिला दिवसको अवसर पारेर विभिन्न अधिकारकर्मी, एनजिओ, आईएनजिओ र राज्यलगायतका सरोकारवालाहरुले विभिन्न गोष्ठी, सेमीनार र पांचतारे होटलहरुमा वक्तव्यवाजी मात्र नगरी वास्तविक रुपमा महिला हकहितको र अधिकार प्राप्तिको लागि लड्न संकल्प गर्नुपर्दछ। त्यस्तो संकल्पको लागि राजधानीका सुविधासम्पन्न वातानुकुलित कोठाहरुवाट होईन, वास्तवमा जहाँ अन्याय, हिंसा, थिचोमिचो, एवं विभेद भैराखेको छ त्यस ठाउँमा पुगी महिला हिंसाअन्त्य एवं महिला शसक्तिकरणका लागि प्रण गर्नुपर्दछ।

समस्या र पिडाहरु अझ पनि उत्तिकै छन। सामाजिक विभेद अझ पनि मूल समस्याका रुपमा रहिआएको छ। सरकार, अधिकारकर्मी, बिभिन्न एनजिओ र आईएनजिओ हरुले बर्सेनि जस्तो प्रतिवेदन सार्वजनिक गरेपनि तराईमा दाईजोको बाहानामा महिलाले जिऊंदै जल्नुपर्ने अवस्था उस्तै छ। साथमा शारिरिक, मानशिक, भौतिक यातना त दिनहुँजसो भोग्नुपरिराखेको छ भने बलात्कार, अपहरण, बेचबिखन, अन्धविश्वास, सामाजिक बहिष्कार एवं सार्वजनिक वेईज्यती तथा लैंगिक विभेदको सिकार महिलाहरु दिनहुंजसो भैराखेका खवर प्राप्त भै नै रहन्छ्न।

तसर्थ यसपालीको महिला दिवसको अवसर पारेर अब शहरमुखी होईन, गाउँ र दूर्गममा पिल्सिएर बसेका महिलाका कारुणीक क्रन्दन निदानमा सम्बन्धित सवैको ध्यान जाओस। वास्तवमा पिडा के हो र पिडित भएर बस्नुको अनुभव के हो, सवैले बुझ्ने कोसिस गरौं।

Facebook Comments

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५