प्रधानमन्त्री दाहालबिरुद्धको रिटको सुनुवाइ आज हुँदै

Subodh Regmi २५ फाल्गुन २०७९, बिहीबार १४:१९

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालबिरुद्ध परेको रिटको सुनुवाइ आज हुन लागेकाे छ।

द्वन्द्वकालमा भएका मानिसहरूको हत्यामध्ये पाँच हजारको जिम्मा आफूले लिने बताएको विषयमा द्वन्द्वपीडितहरूले दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको हो।

आज १० बजे गोलाप्रथाबाट न्यायाधीशको इजलास तोकिएको छ भए उक्त इजलासले बहस सुनेर आदेश जारी गर्ने छ। उक्त आदेशपछि मात्र नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालबिरुद्धको मुद्दा अघि बढ्ने वा नबढ्नेबारे निर्णय हुनेछ।

दाहालले तीन वर्षअघि माघी पर्वका अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित एक कार्यक्रममा द्वन्द्वकालमा १७ हजार मारेको आरोप आफूलाई लाग्ने गरेको भन्दै सामन्तीहरूले १२ हजार मारेको जिम्मा लिने भए पाँच हजारको जिम्मा आफू लिन तयार रहेको बताएका थिए। सोही अभिव्यक्तिलाई लिएर अधिवक्ताद्वय ज्ञानेन्द्र आरण र कल्याण बुढाथोकीलगायत द्वन्द्वपीडितले सर्वोच्चमा दुईवटा रिट दायर गरेका हुन्।

यस्ता रिट निवेदन पटक-पटक दरपिठ भएपनि दरपीठ भएको आदेशविरुद्ध नै मुद्दा परे पछि न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको अघिल्लो शुक्रबारको इजलासले दाहालले दिएको अभिव्यक्तिविरुद्धको रिट दर्ताका लागि सर्वोच्च प्रशासनलाई आदेश दिएको थियो।

सर्वोच्चमा रिट दर्ता भएपछि माओवादी घटक दल एकै मोर्चामा सामेल भएर सो मुद्दा अदालतले हेर्न नहुने बताउँदै आएका छन्।

Facebook Comments

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५