विसं २०१८ सालदेखि रेडियो नेपालमा काम गरेकी ताम्राकार निडर र हक्की स्वभावकी थिईन।
लामो समयसम्म रेडियो नेपालमा काम गरेकी उनको रेडियो पत्रकारितामा अतुलनीय योगदान छ ।
काभ्रेको बनेपामा जन्मिएकी ताम्राकार उज्यालोबाट प्रसारण हुने ‘कोरोना क्याप्सुल’को प्रस्तोता समेत थिईन।
रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवम् समाचार वाचिका, वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको गएराति ८६ वर्षको उमेरमा निधन भएको हो । उपचारका क्रममा उनको निधन भएको परिवारका सदस्यले बताएका छन् ।
२०१८ सालमा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचनका साथै नासो, हाम्रो देशको माटो, हाम्रो वन हाम्रो जीवन लगायत कार्यक्रम सञ्चालन गरेकी थिईन।