लेभ देभिदोभिच ब्रन्स्टीन वास्तविक नाम भएका लिओन ट्राट्स्की (१८७९–१९४०) उक्रेनी यहूदी मूलका, लेनिनसँग वैचारिक टक्कर लिनसक्ने प्रभावशाली रुसी कम्युनिस्ट नेता थिए । ‘लेनिनवाद’ भने झैँ ‘ट्राट्स्कीवाद’ पनि रुसमा प्रभावशाली मार्क्सवादी विचारधारा थियो । रुसी कम्युनिस्टहरू बोल्सेभिक (बहुमतवाला) र मेन्सेभिक (अल्पमतवाला) मा विभाजित हुँदा ट्राट्स्की मेन्सेभिक पक्षमा थिए । तर १९१७ मा बोल्सेभिक पक्षमा गए ।
रुसी सिभिल वार (१९१८–१९२२) का उनी महत्वपूर्ण हस्ती थिए । तर उनी स्तालिनको नीति र कार्यशैलीका कट्टर विरोधी थिए । स्तालिनका बिरूद्ध उनको ‘वाम विपक्ष’ असफल भएपछि ट्राट्स्की १९२५ मा सैनिक तथा नौसनिक कमिसारबाट, त्यसपछि अर्को वर्ष पार्टीको पोलिट ब्युरोबाट, १९२७ मा पार्टी केन्द्रीय कमिटीबाट हटाइए, १९२८ मा निर्वासनमा पठाइयो, १९२९ मा सोभियत संघबाटै निर्वासित भए ।
- इमानदारले सामना गर्छ, गद्दारले विश्वासघात गर्छ, वीरले संघर्ष गर्छ, डरछेरुवाले घुँडा टेक्छ
- हामीले कोहीसँग डराउनु पर्दैन, केवल भयसँग बाहेक : जुलियस सिजर
- मार्टिन लुथरकिङ् जुनियर – हामी दुश्मनको वचन होइन, आफ्नै मित्रहरूको मौनतालाई सम्झिने छौँ
मेक्सिकोमा निर्वासित जीवन बिताइरहेको बेला स्तालिनको षड्यन्त्रमा उनलाई स्पेनी मूलको एक अपराधीले हिउँ काटने बन्चरोले हानेर मा¥यो । ट्राट्स्कीका गार्डहरूले पनि उसलाई मरणासन्न हुनेगरी पिटेर कानुनको जिम्मा लगाइदिए । उसले बीस वर्षे जेल सँजाय पायो । पछि स्तालिनले उसलाई ‘अर्डर अफ स्तालिन’ को सम्मानबाट विभूषित गरे ।
स्तालिन र ट्राट्स्कीको विवादलाई लिएर माओवादीभित्र पनि एकताका चर्को बहस भएकै हो । आफ्नी छोरी मानुषी यमीले सम्पादन गरेको पत्रिका ‘रातो झिल्को’ साउन, २०६६ को अंकमा डा. बाबुराम भट्टराईले ‘आजको मार्क्सवाद’ शीर्षकमा एक लेखमा लेखेका छन्, जुन बेला उनी ‘महान जनयुद्धको नेतृत्वकारी सूत्रधार मै हूँ…’ भन्ने खालको दम्भ र दावी गर्दथे, “आजको विश्व स्टालिनवादीभन्दा पनि अलि बढी ट्राट्स्कीवादी बन्दैगएको तथ्यलाई आजका मार्क्सवादीहरूले मनन गर्नैपर्छ ।….धर्मशास्त्रलाई झैँ एकोहोरो महिमा मण्डन गरेर वा एक सय आठ पण्डितको सामुहिक पाठ गराएर मार्क्सवादको विकास र समृद्धीकरण हुँदैन ।”
ट्राट्स्कीको हत्यारा, स्पेनी कम्युनिस्ट तथा केजीबी एजेन्ट, रमोन मर्कादर (१९१३-१९७८), जसले यो हत्याको अपराध वापत मेक्सिकोको एउटा कारागारमा १९ वर्ष ८ महिना बितायो । तल –