भारतीय इच्छा र ओलीको सर्वसत्तावादी महत्त्वाकाङ्क्षाको आड़मा सत्ताको उपल्लो तला चढेका उपेन्द्र यादव

Bijay Gyawali ११ बैशाख २०८०, सोमबार १५:४६

नाकाबन्दीका सूत्रधार र प्रमुख खेलाड़ी थिए उपेन्द्र यादव ! अर्का सूत्रधार राजेन्द्र महतोसँगै उनले स्पष्ट शब्दमा नाकाबन्दी भारतले नभई आफूले गरेको बताएका थिए र सीमापारि बसेर वारि ढुङ्गा हान्नेहरूको नेतृत्व उनैले गरेका थिए ।

           नारायण गाऊले

जनताले वाम एकता र स्थायित्वको नारालाई स्पष्ट बहुमत दिएका थिए र प्रधानमन्त्रीका रूपमा ओलीसँग देशको रूपान्तरण सुरु गर्ने अभूतपूर्व अवसर थियो ।

नाकाबन्दीअघि एमाले ठूलो थियो र ओली त्यसका लिडर थिए भने नाकाबन्दीपछि ओली ठूला भए र एमाले ओलीको पार्टी थियो । यस्तोमा उनले पाएको चुनाबी सफलतामा नाकाबन्दीताकाको छविको ठूलो महत्त्व थियो ।

र, नाकाबन्दीका सूत्रधार र प्रमुख खेलाड़ी थिए उपेन्द्र यादव ! अर्का सूत्रधार राजेन्द्र महतोसँगै उनले स्पष्ट शब्दमा नाकाबन्दी भारतले नभई आफूले गरेको बताएका थिए र सीमापारि बसेर वारि ढुङ्गा हान्नेहरूको नेतृत्व उनैले गरेका थिए ।

ओलीले राजेन्द्र महतोलाई चुनाबमा सघाएनन् मात्रै, प्रधानमन्त्री बन्नासाथ उनै नाकाबन्दीका नाइके उपेन्द्र यादवलाई उपप्रधानमन्त्री बनाएर जनमतलाई गिज्याउन शुरू गरे । यत्तिमा उनी रोकिएनन् । जुन दलसँग एकीकरण गर्ने भनेर चुनाबमा बहुमत जुटाएका थिए त्यो दलभन्दा माथिल्लो बरीयता दिएर उपेन्द्र यादव सरकारमा ल्याइए । जबकि नेकपासँग सरकार सञ्चालनका लागि आवश्यकभन्दा बढ़ी बहुमत थियो, राष्ट्रपतिदेखि सभामुखसम्म आफ्नै दलका थिए र उपेन्द्र यादवको सैद्धान्तिक र व्यावहारिक दुबै आवश्यकता थिएन ।

पार्टीको सल्लाह र सहमतिबिनै उपेन्द्रलाई च्यापेर भारतलाई खुशी बनाउने र दुई तिहाई बहुमत पुऱ्याएर न्यायालयदेखि अख्तियारसम्म पूर्ण नियन्त्रण कायम गर्ने निरङ्कुशताको बीज ओलीमा नउम्रिएको भए पाँच वर्ष देशमा राजनैतिक स्थायित्व हुने थियो र बलियो सरकार भएपछि कर्मचारी संयन्त्र समेत गतिशील बन्ने थियो । आवश्यकता असीमित तर हाम्रा स्रोत र साधन सीमित भएकाले पाँच वर्षमैं देशको कायापलट त के होला र तर एउटा पोजिटिभ प्रस्थान सम्भव थियो ।

अहिले त चुनाब जित्नेहरूको फुर्ती यति ठूलो हुन्छ भने त्यतिबेला देश नै नेकपामय देखिएको र अनपेक्षित बहुमत आएकाले ओली र नेकपामा अलिकति विजयोन्माद पनि पाच्य नै थियो । तर, प्रधानमन्त्रीको राष्ट्रिय जिम्मेबारी सम्हालेपछि ओलीको काम नै चौबीस घन्टा विपक्षलाई छुद्र शब्दमा गाली गर्ने, आफ्नै सहकर्मीहरूलाई पेलेर जाने र भ्रष्टाचारको मुद्दा उठ्नेबित्तिकै ओठे संरक्षणमा उत्रिने खालको रह्यो ।

प्रधानमन्त्री पनि मैं र पहिलो बरीयताको पाइलट पनि मैं भनेर बारम्बार सार्वजनिक रूपमा प्रचण्डको ईगोमा आक्रमण नगरेको भए र अलि लचिलो बनेर सबैलाई समेट्ने समन्वयकारी भूमिका निर्वाह गरेको भए समकालीन नेतामध्ये ओलीको हाइट माथि नै रहने त थियो नै, अहिले देखिएको राजनैतिक उकुसमुकुस समेत कम हुने थियो ।

भारतीय इच्छा र ओलीको सर्वसत्तावादी महत्त्वाकाङ्क्षाको आड़मा सत्ताको उपल्लो तला चढेका उपेन्द्र यादव पनि नेकपा विघटनका एउटा निर्णायक कारण हुन् । त्यसपछि पनि यादव पेण्डुलम जस्तै गठबन्धन, फेरि ओली र फेरि गठबन्धनको भित्ता नापिरहेका छन् । केही महिनाअघि एमालेसँगै मिलेर चुनाब लडेका यादव अहिले गठबन्धनको आड़मा सत्तामा फर्किने होड़मा छन् । जति पल्ट रङ्ग फेरेर या जुन हदसम्म गिरेर भए पनि सत्तावरिपरि टाँसिरहनुपर्ने उपेन्द्र यादवलाई अझैपाँच वर्ष नेपाली राजनीतिले झेल्नुपर्ने हो त ?

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६