बेलायतले गर्यो नेपालीप्रति अपमानजनक व्यवहार, सयौं सुरक्षागार्डलाई देशनिकाला गरिएकोमा सरकार भने बेखबर

Bijay Gyawali १४ बैशाख २०८०, बिहीबार ०८:४०

एजेन्सी – बेलायतले कोरोना संक्रमणकालमा अफगानिस्तानमा रहेको आफ्ना दूतावासका कर्मचारीलाई तालिबानले नियन्त्रणमा लिनुअघि आफ्नो ज्यान जोखिममा पारेर सुरक्षा दिएका १०० भन्दा बढी नेपाली सुरक्षा गार्डलाई जवर्जस्ती नेपाल फिर्ता पठाएको खुलासा भएको छ।

अफगानिस्तानबाट हेलिकप्टरमार्फत बेलायतमा लगिएका ती सुरक्षागार्डलाई हेलिकोप्टरमार्फत नै बेलायत लगेको केही समयपछि गोप्य रूपमा नेपाल फर्काइएको थियो।

काबुलमा बेलायतलगायत पश्चिमा देशका प्रमुख संस्थाहरूको सुरक्षा गर्ने सयौं नेपाली र केहि संख्याका भारतीय नागरिकलाई अगस्ट २०२१ मा ती देशहरुले अफगान राजधानीका सुरक्षा संवेदनशिल मानिएका क्षेत्रहरु खाली गर्नेक्रममा आरएएफ उडानमार्फत बेलायत लगेका थिए, जसपश्चात ती क्षेत्रहरुमा तालिबान सेनाहरूले बिजय प्राप्त गरेका थिए।

द गार्जियनले खुलासा गरेअनुसार सयभन्दा बढि नेपाली सुरक्षागार्ड बेलायत ल्याईपुर्याईएको दिनदेखि नै तिनिहरुलाई निर्वासित जिवनजस्तै गराएर राखिएको थियो र पछि जबरजस्ती तिनीहरूलाई बेलायतबाट नेपाल फिर्ती गराईएको थियो। तर कतिपयलाई भने बेलायतले ६ महिनाको अनअराइभल भिसा जारी गरिदिएको थियो।

द गार्जियनले नेपालमा आफ्नो ज्यान खतरामा रहेको भन्दै आएका केहि निर्वासित गार्डहरूको अन्तर्वार्ता पनि लिएको छ। तिमध्ये कसैलाई बेलायतको नर्थह्याम्प्टन, रिडिङ, अक्सफोर्ड र स्विन्डन लगायतका क्षेत्रबाट जवर्जस्ती हटाईएको थियो भने कतिपयलाई बेलायतले नयाँ आगमन भन्दै कोभिड-१९ महामारीको समयमा अनिवार्य होटेल क्वारेन्टाइनको १०दिने अवधि पूरा गर्नु अघि नै हटाएको थियो।

कोरोना महामारीका बेला बेलायतले नेपाललाई रातो सूचीमा राखेको थियो। बेलायत सरकारले मानिसलाई नेपालको भ्रमण नगर्न निर्देशन दिएको थियो, तर पूर्व सूरक्षागार्डहरुलाई भने २०२१ अंघि नै बेलायतबाट जवर्जस्ती रुपमा नेपाल पठाईएको खुलेको छ।

त्यसरि फर्काईएकामध्ये कतिपयले २०२१ देखि देखि नै बेलायत फर्कने बाटो खोजिरहेका छन र आफूलाई बेलायतमा शरण दिन आग्रह गरिरहेका छन।

गत मार्चसम्म काबुलस्थित बेलायती दूतावासका कर्मचारीहरूको सुरक्षा गर्दै आईरहेका र कतिपय बेलायतमा बस्दै आएका गरेर अन्य  १० नेपाली गार्डलाई उनीहरु बसिरहेको स्थान वेस्ट लन्डन होटलमा छापा मारेर गिरफ्तार गरिएको थियो र छापापश्चात त्यहाँको गृह प्रशासनले  उनीहरुलाई हिरासतमा लिएको थियो।

नेपाली सुरक्षा गार्डहरुलाई हिरासतमा लिएको खबर प्रकाशमा आएपछि गृह प्रशासनले एक विज्ञप्ति जारी गर्दै हिरासतमा परेकाहरूलाई त्यहाँबाट हटाऊने कार्यलाई थप समीक्षासहित पुनर्विचार गर्नुपर्ने भन्दै रोकिएको थियो। उक्त बिज्ञप्तीमा विस्थापितहरु काबुलबाट सद्भावसहित आफ्नो देश फर्किने अपेक्षा गरिएको बुझाइका साथ उडाइएको थियो।

बेलायतबाट जबरजस्ती निकालिएका सयभन्दा बढीले आफूलाई सहयोग गर्न भन्दै नेपाली समुदायका बेलायती निवासी रुद्र ढकालमार्फत गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, नेपाल सरकार र युएनएचसिआरलाई सम्बोधन गर्दै पत्र लेखेका थिए।

निर्वासित गार्डहरूले हामीलाई बेलायतको सीमा सुरक्षा बलले बहकाएको थियो। त्यसैले उनीहरुले हाम्रो इच्छाविपरीत जबरजस्ती नेपाल पठाए भन्दै पत्र लेखेका थिए। हाम्रो निर्वासनको समयमा हामीलाई थप मानवीय सुरक्षाको लागि बेलायतमा बस्ने विकल्प दिइएको थिएन – उनीहरुले पत्रमा लेखेका थिए।

नेपाली सुरक्षागार्डलाई निरन्तर साथ दिइरहेका ढकालले भने – “यी बहादुर दिग्गजहरूले अग्रपंक्तिमा सुरक्षा उपलब्ध गराएको भनेका थिए… तर अन्त्यमा पछि परे। उनीहरूलाई युद्धको फ्रन्टलाइनमा प्रोक्सीको रूपमा प्रयोग गरियो। ”

निष्कासन गरिएकामध्ये एक ४२ वर्षीय दीपक पुनमगर हुन्। उनले गार्जियनसंग भने, “हामीलाई अफगानिस्तानमा सधैं खतरा थियो। “हामी बाँच्नेछौं कि भनेर हामीलाई थाहा थिएन। युके आइपुग्दा बल्ल मैले महसुस गरें।

 

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६