
दक्षिण भारतिय रोटीहरुसंग नेवारी रोटीहरुको केही समानता देखिने हुदा १४औ शताब्दी पछि नेपालमा बढेको कर्नाटकीय प्रभावसंगै बिभिन्न रोटीको परिकार प्रबेश गरेको थियो कि भन्ने अनुमान गर्न सक्छौ । दक्षिण भारतमा अरहरको दालबाट बनाइने वडासंग नेपाली सेल रोटीको समानता देखिन्छ ।
हुन त १८औ शताब्दीमा युरोपबाट बिश्वभर फैलन शुरु भएको डोनट (Doughnut/donut) पनि हाम्रो नेपाली सेल रोटीसंग मेल खान्छ । तर हाम्रो सेल रोटीको इतिहास यो भन्दा लामो थियो भन्ने हामी अनुमान गर्न सक्छौ । हुन त सेल रोटीलाइ चटामरीकै परिवर्तित स्वरुप पनि भन्ने गर्दछन् ।
कतिपयले नेपालको सेलरोटी पर्सियन बारबरीको नै बिकसित रुप हो पनि भन्ने गर्दछन् । सुख्खा रुपमा लामो समयसम्म खान मिल्ने बारबरी रोटी नेपालको सेलरोटी जस्तो तेलमा पकाइदैन । भट्टीमा पोलेर बनाइने बारबरी र सेलरोटीमा खासै समानता नदेखिए पनि बारबरी दुबै चामलबाट बन्दछ । शायद भट्टीमा भन्ने तेलमा तलेर बनाउँदा मिठो भएर यसलाई रुप परिवर्तन गरेको पनि हुन सक्छ ।
दक्षिण भारतीय रोटीहरुमा इडली – नेवारी बारासंग मेल खान्छ भने अप्पम – चटामरीसंग मेल खान्छ । त्यस्तै वाडा – सेलरोटीसंग र पनियरम – य:मरीसंग मेल खान्छ । यसर्थ यि रोटीहरुकै सुधारीएको रूपमा नेवारी रोटीहरु सिर्जना भएका हुन् कि भन्न सकिन्छ ।
लामो समयसम्म खाने सकिने हुदा पनि सेल रोटी बढी प्रचारित र प्रिय हुदै गएको हो । दशै तिहार लगायत प्रमुख चाडपर्व तथा बिबाहोत्सवहरुमा पनि सेलरोटी अनिवार्य हुदै गएको छ । पहिले नेवार महिलाहरु मात्र सेल रोटी पोल्न सिपालु हुन्थे भने अचेल सबै जातका महिलाहरु सेल रोटी पोल्न पोख्त हुदै गएका छन् ।
चामलबाट बनाइने सेल रोटी घ्यूमा राम्ररी पकाइने हुदा पनि यो रोटीको लामो समयसम्म खान योग्य रहन सक्ने भएको हो । पानीमा भिजाइएको चामललाई ढुङ्गाको ओखलमा पिसेर पानी र चिनीको मात्रा मिलाइ केही बाक्लो गिलो बनाएर ताँवामा बसालेको घ्यूमा तारेर पोलिन्छ । चामल, घ्यू र चिनीको प्रयोग हुने हुदा यो पोषणको हिसाबले पनि अत्यधिक क्यालोरी युक्त हुन्छ ।
हेरौ सेल रोटीको पुराना केही तस्विरहरु –
