लुम्बिनी प्रदेश : नयाँ सरकार गठनको समयसिमा आज सकिंदै

Bijay Gyawali १४ बैशाख २०८०, बिहीबार ०९:५५

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दिइएको समय सकिँदैछ ।

प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १२ गते संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलहरुको समर्थन जुटाएर मुख्यमन्त्रीमा दाबी पेस गर्न आज अपराह्न ४ बजेसम्मको समय दिएका थिए ।

११ गते (सोमबार) मुख्यमन्त्री लीला गिरीले विश्वासको मत नपाएपछि लुम्बिनी प्रदेश सरकार ढलेको थियो ।

लुम्बिनीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री बनाउन एमाले र राप्रपाबाहेक ८ दलका ५३ सांसद एक ठाँउमा उभिएका छन् । तर कांग्रेस माओवादीबीच भागबन्डा नमिल्दा सरकार गठनमा सहमति जुट्न सकेको छैन ।

८७ सांसद मध्ये लुम्बिनीमा बहुमतका लागि ४४ मत आवश्यक पर्छ ।

लुम्बिनी प्रदेशमा एमालेका २९ ,नेपाली कांग्रेस २७, नेकपा माओवादी ११, राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, जसपा, लोसपा, जनमत ३÷३, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी १/१, स्वतन्त्र १ प्रदेशसभा सदस्य छन् ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८