लुम्बिनी प्रदेशको मूख्यमन्त्रीमा डिल्लीबहादुर चौधरीको दाबी

Bijay Gyawali १४ बैशाख २०८०, बिहीबार १४:१९

दाङ –  लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले दाबी पेश गरेका छन् । चौधरीले ५३ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बिहीवार दाबी पेश गरेका हुन् ।

चौधरीलाई कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टी (जसपा)का ३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ३, जनमत पार्टीका २, नेकपा एकीकृत समाजवादीका १, राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र १ गरी ५३ सांसदको समर्थन रहेको छ ।

चौधरी दाङ– ३ (१) बाट निर्वाचित सांसद हुन् ।

८७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४४ सांसद भए बहुमत पुग्छ । चौधरीलाई प्रदेशसभाका १० मध्ये ८ दल र १ स्वतन्त्र सांसदको समर्थन रहेको छ ।

एमाले नेता लीला गिरी नेतृत्वको लुम्बिनी प्रदेशको सरकार अल्पमतमा परेर वैशाख ११ गते ढलेसँग मंगलवार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि बिहीवार ४ बजेसम्मको समयसीमा दिएका थिए ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८