चरा ठोक्किएको अफवाह फैलाउने फ्लाई दुबईका दूईजना प्रवन्धकलाई नेपालमा प्रतिवन्ध

Bijay Gyawali १५ बैशाख २०८०, शुक्रबार १७:०५

काठमाण्डौ, (पिटिआइ)नेपाल नागरिक उड्ड्यन प्राधिकरणले फ्लाई दुबईका दूईजना प्रवन्धकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक लगाएको छ।

गत सोमबार काठमाण्डौ – दुबई उडानको क्रममा फ्लाई दुबईको इन्जिनमा समस्या देखिएको थियो।

बिमानले काठमाण्डौको आकाश परिक्रमा गरि धादिङ्गको आकाशमा पुगेको थियो।

१ सय ६८ यात्रु लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको फ्लाई दुबईको विमानको यौटा इन्जिनमा समस्या देखिएपनि विमान भने सकुशल दुबई अवतरण भएको थियो।

विमानको यौटा इन्जिनमा समस्या आएपछि विमानको एक भागमा आगो लागेको थियो। सबै सूचकहरू जाँच गरेपछि पाइलटले इन्जिनमा कुनै समस्या नरहेको बताए र गन्तव्यतर्फै उडाएर सुरक्षित अवतरण गराए।

इन्जिनमा समस्या भए पनि विमानले आफ्नो गन्तव्यतर्फ उडान भरेको थियो। तर फ्लाई दुबईको आधिकारिक पेजमा भने विमानलाई चराले ठक्कर दिएको दाबी गरेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण ले घटनाको क्रममा विमानले चरासँग ठक्कर दिएको फ्लाई दुबईको दाबीलाई अस्वीकार गरेको छ। गलत हल्ला फैलाएको भन्दै क्यानले फ्लाइ दुबईका दुईजना व्यवस्थापकलाई कारबाही गरेको छ।

उक्त एयरलाइन्सका दुई प्रबन्धकले काठमाडौं–दुबई उडानमा बर्ड हिट भएको हल्ला फैलाएपछि फ्लाई दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई कारबाही गरिएको क्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

क्यानका अनुसार फ्लाई दुबईका दुई प्रबन्धकलाई विमानस्थल प्रवेशमा प्रतिबन्ध लगाइएको छ भने उनीहरुको एयरपोर्ट पास पनि निष्क्रिय पारिएको छ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८