एसीसी प्रिमियर कप – युएई १सय १७ रनमा अलआऊट

Bijay Gyawali १९ बैशाख २०८०, मंगलवार ०९:२४

काठमाडौं  – एसीसी प्रिमियर कप अन्तर्गत युएईले नेपाललाई उपाधि जित्न ११८ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा वर्षाका कारण फाइनल खेल प्रभावित बनेपछि बाँकी खेल आज खेलाइएको हो । दुई पटक वर्षाले प्रभावित खेलमा यूएईले ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल स्थगित भएको थियो । आज त्यहीँबाट पुनः खेल सुरु भएको हो ।

एसीसी प्रिमियर कप अन्तर्गत यूएईले खेल रोकिनुअघि २७.३ ओभर खेल्दै ९ विकेट गुमाएर १०६ रन बनाएको थियो । २८औं ओभरमा नेपालका ललित राजवंशीले लगातार दुई विकेट लिँदा यूएई अलआउट नजिक पुगेको थियो । ललितले उक्त ओभरको दोस्रो बलमा आसिफ खान र तेस्रो बलमा जहुर खानलाई लगातार आउट गरेका थिए ।

ललित ह्याट्रिक विकेट नजिक छन् । यदि उनले आज पहिलो बलमै विकेट लिए ओडीआईमा ह्याट्रिक विकेट लिने पहिलो नेपाली बलर बन्ने छन् ।

आज पनि वर्षाको सम्भावना रहेकाले नियमित खेलमा नतिजा नआएमा सुपर ओभरको विकल्प रहने छ । पहिलो सुपर ओभर बराबरी भए दोस्रो सुपर ओभर पनि खेलाइनेछ ।

यदि सुपर ओभर पनि सम्भव नभएमा आईसीसी वरियताको आधारमा अगाडि रहेकाले नेपाल च्याम्पियन बन्नेछ ।

प्रतियोगिताको विजेता टोली आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुने छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८