
आज बिश्व बिख्यात चित्रकार तथा महान चित्र मोनालिसाको चित्रकार लियोनार्दो दा भिन्चीको ५०४औ पूण्य तिथी । सन १५१९ को मई २ तारिखको दिन ६७ वर्षको उमेरमा उनको देहावसान भएको थियो ।
सन १४५२ मा इटालीको फ्लोरेन्स राज्यको भिन्ची गाउँमा जन्मनु भएका लियोनार्दो दा भिन्ची महान चित्रकार, मूर्तिकार, इञ्जिनियर, संगीतकार, गणितज्ञ तथा बैज्ञानिक पनि थिए । उनको जन्म गरिव परिवारमा जन्मेका एक अविवाहित आमा क्याटरिनाबाट भएको थियो । भिन्चीको जन्म पछि क्याटरिनाले लालनपालनका लागि आफ्नो छोरा पियरेलाई सुम्पेर आफूले एक गरिव युवकसंग विवाह गरेका थिए । भिन्चीले पनि जीवनभर विवाह गरेनन् । तर उनले पनि एक गरिव र अनाथ बच्चालाई धर्म पुत्र बनाएर पालेका थिए । तर भिन्चीले सोचे जस्तो उनको धर्मपुत्र भएनन् । उनको धर्म पुत्र चोरी गर्ने, अन्यसंग झगडा गर्ने हुदै मुर्ख बने । अन्तत आफ्नो आधा सम्पति छोरालाई दिएर एक्लो जीवनयापन गरे । हुन त उनलाई पाल्ने बाबु पियरेले पनि भिन्चीलाई केही सम्पति दिएका थिएनन् । तर भिन्चीले आफूले पालेको छोरालाई भने आधा सम्पति दिएर छुट्कारा लिएका थिए ।
उनले कतिवटा चित्र कोरे भन्ने यकिन भएको छैन । कतिपय उनले कोरेका चित्र नष्ट भइसकेका छन् भने कतिपय भने अज्ञात नै रहेका छन् । उनका १५ वटा चित्रले भने उनी विश्व प्रख्यात बनेका छन् । उनले सन १५०५ मा बनाएको मोनालिसाको तस्विर भने सबैभन्दा प्रख्यात बन्यो ।
- सेल रोटिको ईतिहास खोतल्दै जांदा….
- नौलखा हार र जङ्गबहादुरको श्रीपेच
- नौलखा हार र जङ्गबहादुरको श्रीपेच भाग – २
सन २०१७ को नवम्वर १५ मा उनको एउटा चित्र लिलामीमा राखियो । यो चित्र एक अज्ञात ब्यक्तीले खरिद गरे । त्यसपछि यो चित्रको चर्चा संसार भर भयो । यो चित्रको मुल्यले संसारको सबैभन्दा महंगो चित्रको रुपमा नाम राख्न सफल भएको थियो । ६० वर्ष अगाडी केवल ५६ डलरमा बिक्री भएको थियो । ब्रिटिस संग्रहक फ्रान्सिक कुकको संग्रहमा रहेको यो चित्र कुकको नातिले केवल ५६ डलर (४५ पाउण्ड)मा सन १९५८ मा बिक्रि गरेका थिए । सन २००५ मा यो कृति १०००० डलरमा बिक्रि भयो । यसमा अमेरिकी लिलाम संस्था क्रिस्टीको संलग्नता थियो । यसपछि पनि क्रिस्टिकै सहयोगमा धेरैपटक किनबेच भयो । अन्तमा जसलाई २०१७ मा आइपुग्दा ४५ करोड ३१ लाख २५ हजार डलरमा अज्ञात ब्यक्तिले किने ।
यो महंगो कला थियो भिन्चीको “साल्वटोर मुंडी” । वास्तवमा साल्वटोर मुंडी इसा मसिहको चित्र थियो । तथा भिन्चीको सम्भवत अन्तिम चित्र पनि थियो । यो चित्रलाई प्रख्यात चित्र मोनालिसाको पुरुष रुप हो पनि भनिन्छ । दाहिने हातले क्रसको मुद्रा देखाएको छ भने बाँया हातले एउटा शिशाको गोलो क्रिस्टल समाएको छ ।
सन २०१९ मा भिन्चीको ५००औ पूण्यतिथी मनाउने क्रममा यो चित्र प्रदर्शन भएन । त्यसपछि अज्ञात रहेको यो चित्र गत वर्षको जुनमा एक पत्रकारले युवराजको ब्यक्तिगत नौकामा सजाइएको देखे ।
अन्तत सबैको खुलदुलीको विषय रह्यो आखिर निजी नौका (डुङ्गा)मा सजाउनको लागी साउदी युवराजले यति धेरै मुल्य किन तिरे होला ?
उनको जीवनको अन्तिम वर्षहरु भने फ्रान्समा बिताए । फ्रान्सका राजा फ्रैन्सिस प्रथमले उनलाई फ्रान्समा लिएर गएका थिए । जहाँ उनलाई बस्ने ब्यबस्था मिलाइदिएका थिए । यहि सन १५१९ मइ २ का दिन उनको जीवनको अन्त भयो । यहि कारणले उनको महान चित्र “मोनालिसा” आज पनि पेरिसको लुभ्र म्यूजियममा सजिएको छ ।