नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझी भैरहवाबाट सम्पर्कविहिन

Bijay Gyawali २१ बैशाख २०८०, बिहीबार १४:५२

भैरहवा – नेपाल प्रहरीलाई बिहीबार दिउँसो २ बजे आफैं सम्पर्कमा आउने बताएका एमाले उपाध्यक्ष टोपबहादुर रायमाझी सम्पर्कविहीन बनेका छन्। उनी अझै सम्पर्कमा आइनपुगेको प्रहरीले जनाएको छ।

उनको अन्तिम लोकेसन भैरहवा देखिएको छ। त्यसपछि उनी सम्पर्कविहीन रहेको प्रहरीको भनाइ छ। पूर्वमन्त्रीका रुपमा उनले पाउने पर्सनल सेक्युरिटी अफिसर (पीएसओ) लाई काठमाडौंमै छाडेका छन्।

आफू जिल्लातिर लाग्दा उनले पीएसओलाई यतै बस्न भनेका हुन्। रायमाझीले बुधबार रातिदेखि फोन अफ गरेका छन्। उनका छोरा सन्दीप रायमाझीलाई भने प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको प्रकरणमा रायमाझीका बाबुछोरालाई प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो। छोरा सन्दीप भने पक्राउ परिसकेका छन्।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६