मलद्वारमा ब्राऊन सुगर लुकाएर तस्करी गर्ने प्रहरी हवल्दार पक्राऊ

Bijay Gyawali २४ बैशाख २०८०, आईतवार ०६:१६

कैलाली – कैलालीमा ब्राऊन सुगर सहितको लागुऔषधको तस्करी गर्ने एक प्रहरी हवल्दार पक्राउ परेका छन्।

जिल्लाको टीकापुर नगरपालिकास्थित खक्रौला नाकाबाट लागुऔषधको ओसारपसार तथा कारोबारमा संलग्न सशस्त्र प्रहरीका हवल्दार समातिएका हुन्।

इलाका प्रहरी कार्यालय टीकापुरले भारतीय बजार तिनकुनियाँबाट टीकापुर आउँदै गरेका सशस्त्र प्रहरीका हवल्दार समेत रहेका ३३ वर्षीय प्रेमसिंह सुनारसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ। सुनार लम्कीचुहा नगरपालिका २ मोतिपुरका बासिन्दा हुन्।

सुनारसङ्गै पक्राउ पर्नेमा लम्कीका २६ वर्षीय सागर घिमिरे पनि रहेका छन्। उनी खक्रौला नाकाबाट दिउँसो पक्राउ परेका थिए। सुनार सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ रिजर्भ गण हेडक्वार्टर बनबेहडामा कार्यरत थिए।

सशस्त्र प्रहरी बलको आइडी नम्बर ४३७३० रहेका सुनार बैशाख १४ गतेदेखि लागु हुने गरी १५ दिनको विदामा घर आएका बेला लागुऔषधसहित पक्राउ परेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी उद्धवसिंह भाटले बताए। उनका अनुसार सुनारले ९ सय १० मिलिग्राम र घिमिरेले २ ग्राम १७० मिलिग्राम ब्राऊन सुगर मलद्धारमा लुकाईछिपाई ल्याउँदै गर्दा पक्राउ परेका हुन्।

अहिले उनीहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी भाटले बताए। यसअघि पनि कैलालीकै भजनीबाट नेपाल प्रहरीका जवानलाई सशस्त्र प्रहरीले ३० ग्राम लागूऔषध सहित पक्राउ गरेको थियो।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८