असी नब्बे दशकको त्यो फिल्म क्रेज

Bijay Gyawali २६ बैशाख २०८०, मंगलवार ०६:२०
Sunil Ulak
सुनिल उलक, इतिहासका अध्येता एवं संकलक

एउटा समय त्यो पनि थियो, फिल्म हलको टिकट काउन्टरको सानो झ्यालमा हात पुर्याउनका लागि घण्टौ लाम बस्न पर्दथ्यो । फिल्म क्रेज यतिसम्म थियो कि कहिले काँही भिडले लाइन होइन धक्कम धक्का रोज्दथ्यो । एकले अर्कोलाई घचेट्दै काउन्टरको झ्याल सम्म पुग्न एक अर्कोलाई ढकेल्न थाल्दथ्यो । कोही बाठो भिडको कुम चढ्दै काउन्टर सामु पुग्दथ्यो । टिकट हातमा बोकेर आउन सक्ने फिल्म कै हिरो झै शान देखाउँथ्यो । कोही सम्पन्न गोजी भरि पैसा भएकाहरु गेटको छेउमा उभ्भिएर ब्लाकियालाई इशारा गर्दथ्यो । १० को टिकट ५० तिरेर तुरुन्तै प्राप्त गर्दथ्यो र भिडको धक्कम धक्का हेरेर आनन्द लिन्थ्यो ।

 

फिल्म क्रेज
संकलक : सुनिल उलक

पहिलो दिनको पहिलो शो हेर्ने रहर होस वा शनिवारको शो मा धक्का खाने पुग्नेहर होस । फिल्मको क्रेज एकदम धेरै हुन्थ्यो । अझ भारतीय सिमा नजिकै बस्नेहरुको शनिवारको दिनचर्या भारतीय फिल्म हलमा फिल्म हेर्ने हुन्थ्यो । बुटवल, भैरहवा बस्नेहरु नौटनवा मात्र होइन फिल्म हेर्न गोरखपुर सम्म पनि पुग्दथे । वीरगञ्ज, कलैया बस्नेहरु रक्सौल पुग्दथे । त्यस्तै सिलिगुडी, जोगबनी, मधुबनी, सीतामढी, रुपडिया आदि सिमामा वा सिमा नजिकै रहेका भारतीय शहरहरुमा पुग्दथे ।

कतिलाई ति दिनका मिठा नमिठा सम्झनाहरु होलान् । कतिका फिल्म हलकै कारणले प्रेम बसेर विवाह पनि भए होलान् ।

चलचित्रको क्रेज भनेको एउटा fantasy हो । मध्यम वर्ग र निम्न वर्गका मानिसहरुलाई प्रमुख लक्ष राखेर काल्पनिक उडानमा लाने र आफूलाई चलचित्रका नायक वा नायिकाको कल्पना गर्दै तीन घण्टा बिताउन नै चलचित्रको निर्माण गरिएको हुन्छ । चलचित्र सुपरहिट हुनु वा नहुनुको पछाडि यहि वर्गले रुचाइनु र नरुचाइनुमा निर्भर गर्दछ । भारतीय चलचित्र अचेल दक्षिण भारतीय चलचित्रका बजारले बिस्तारै ओगट्न थालेको छ । दक्षिण भारतीय चलचित्रमा हुने अस्वभाविक ढिसुम ढासुम नै दर्शकको सबैभन्दा मनपर्ने fantasy हुन पुगेको छ । अचेल कथानक slow movie हरु खासै रुचाइदैनन् ।

फिल्म हलमा गएर चलचित्र हेेर्नेहरुको संख्या निकै कम भइसक्यो । QFX मा केही दर्शक केही दिनका लागि हुन्छन् । यूट्यूवमा चलचित्र हेर्नेहरुको संख्या बढिसक्यो । अब त टिकटका लागि हलमा लाइन बस्न् र धक्कम धक्का खाने त एकादेशको कथा भइसक्यो ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८