अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भिषण आगलागी, आगो निभाऊने क्रममा जलेर४ को मृत्यु

Bijay Gyawali २७ बैशाख २०८०, बुधबार ०९:५८

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भिषण आगलागी भएको छ।

मङ्गलवार दिउँसो भूमिकास्थान नगरपालिका–२ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका चार जनाको मृत्यु भएको भूमिस्थान नगरपालिका–२ का वडाध्यक्ष बुद्धिबहादुर थापाले जानकारी दिए।

घाइतेमध्ये २ जनाको पाल्पाको मिसन अस्पतालबाट काठमाडौैं ल्याउँदै गर्दा बाटोमा र २ जनाको कीर्तिपुर अस्पतालमा निधन भएको उनले बताए।

मृत्यु हुनेमा ७२ वर्षीय पीताम्बर बेल्बासे, ५५ वर्षीय पदम बेल्बासेको गएराति १० बजे निधन भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

५२ वर्षीय घनश्याम वेल्वासे र ३६ वर्षीय माधव वेल्वासेको कीर्तिपुर अस्पतालमा बिहान ७ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

अस्मिता बेल्बासे मिसन अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद घिमिरेले ४ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६