कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राऊ

Bijay Gyawali २७ बैशाख २०८०, बुधबार १०:०५

पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् ।

नेपाली कांग्रेसका नेता समेत रहेका खाण आज विहान निवासबाट नै पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ ।

उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका थिए ।

दुई दिनअघि खाणलाई बोलाएको बेला हाजिर हुने शर्तमा प्रारम्भिक बयान लिएर कागज गरी छाडिएको थियो ।

पूर्वगृहमन्त्री समेत रहेका बालकृष्ण खाँण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।

पूर्वगृहमन्त्री खाणसहित उनका सहयोगी नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका अभियुक्तहरूले खाणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अडियो बाहिरिएको थियो।

प्रहरीले त्यो अडियोमाथि पनि अनुसन्धान गरिरहेको छ।

सोही प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी फरार छन्। प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा विज्ञ इन्द्रजित राईलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

यही प्रकरणमा पूर्वगृहसचिव रहेका तथा उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे पनि पक्राउ परिसकेका छन्।

हिरासतमा रहेका अभियुक्तहरूको बयानको आधारमा एकपछि अर्को गरी उच्च पदस्थहरू तानिएका हुन्।

यसअंघि पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरण मा संलग्न मुख्य व्यक्तिहरुलाई जोगाउने र कतिपय असम्बन्धित एमाले नेताहरुलाई प्रतिशोधको शैलीमा फसाउने चलखेल प्रष्ट देखिएको भन्दै प्रधानमन्त्री प्रचण्डसँग जवाफ मागेका थिए।

नक्कली शरणार्थी प्रकरण मा  सबैभन्दा निर्णायक भूमिका खेल्ने तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई जोगाउन खोजिएको पाइएपछि शीर्ष राजनीतिक तहमा हलचल पैदा भएको हो । विभिन्न व्यक्तिसँग पैसा उठाएका मुख्य अभियुक्तहरुले बादल गृहमन्त्री भएका बेला काम नहुँदै सरकार ढलेपछि बालकृष्ण खाँण गृहमन्त्री भएपछि सचिव टेकनारायण पाण्डेमार्फत काम अघि बढेको बयान दिएका छन् ।

अभियुक्तले बालकृष्ण खाँणलाई ४ करोड ७५ लाख रुपैयाँ दिएको बताएका थिए । बयानको अडियो रेकर्ड गरिएको थियो र सो रेकर्ड प्रहरी महानिरीक्षक र महान्यायाधिक्तासम्म पुगेकाे थियो । त्यसपछि एक साता बयान होल्ड गरेर पुनः बयान लिइएको हो।

ठगी गिरोहका नाइकेहरु कांग्रेस नेतृ सुजाता कोइरालाका स्वकीय सचिव केशव दुलालका साथै सानु भण्डारीले पहिलेका गृहमन्त्री, गृहमन्त्रीका सुरक्षा सल्लाहकार तथा नेताहरुले पैसा लिएर पनि काम नगरेको बताए । उनीहरुले आफूहरु फसिसकेको भन्दै यो काम भएमा थप पैसा खर्च गर्ने बताएका थिए।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६