काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान फितलो भएको भन्दै खबरदारी गरेका छन्।
उनले अनुसन्धानको लहरोले ठुला नेता र तिनका सन्तानलाई छोड्यो भने रास्वपा हेरेर नबस्ने चेतावनी पनि दिएका छन्।
बुधबार सामाजिक संजालमार्फत उनले यस्तो बताएका हुन्। सभापति रवी लामिछानेले प्रधानमन्त्रीलाई एउटै फाइलले ज्वरो आएको भन्दै व्यङग्य पनि गरेका छन्।
उनले भनेका छन्, ‘शिर्ष नेताहरुको तिब्र भेटघाट, फरार (गराइएका) अझै सम्पर्क विहिन, नाम आएकाहरु माथीको अनुसंधान फितलो!?
खबरदार, अनुसंधानको लहरोले ठुला नेता र तिनका सन्तानको जगजाहेर तान्डवलाई छोड्यो भने रास्वपा हेरेर मात्रै बस्दैन।
यो आँधीलाई ख्याल सम्झने भुल नगर्नु होला।
प्रधानमन्त्री ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो त ? एउटा तोप पड्काउन यत्रो सकस!!’