बालकृष्ण खाँण पक्राऊ परेसंगै दबाबमा रायमाझी, आत्मसमर्पण गरि गिरफ्तारी दिने तयारी

Bijay Gyawali २७ बैशाख २०८०, बुधबार ११:२८

काठमाण्डौ – नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आत्मसमर्पण गरि आफैं गिरफ्तारी दिने तयारी गरिरहेका छन्।

स्रोतका अनुसार यही प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँड पक्राउ परेपछि रायमाझी दबाबमा छन्। उनले आजै आत्मसमर्पण गरि गिरफ्तारी दिन सक्ने स्रोतको दावी छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानको क्रममा रायमाझीको संलग्नता हुन सक्ने देखिएपछि प्रहरीले उनीविरुद्ध बैशाख २० मै पक्राउ पुर्जी जारी गरिसकेको छ।

पक्राउ पुर्जी जारी भएपनि रायमाझी अझैसम्म फरार छन्। अब दबाबमा आएका उनले आफैं महानगरीय प्रहरी परिसर टेकुमा उपस्थित भएर गिरफ्तारी दिने तयारी गरेको स्रोत बताउँछ।

रायमाझीलाई उनको पार्टी नेकपा एमालेले पनि कानुनी बाटोबाटै लड्न भनेको बताइएको छ। रायमाझी एमालेका सचिव हुन्। हिजो एमालेको सचिवालय बैठक बसेको थियो।

बैठकले रायमाझीलाई कानुनी शासनको पालना गर्न र यो प्रकरणमा कानुनलाई सहयोग गर्न निर्देशन दिने निर्णय गरेको पार्टीका एक उच्च तहका नेताले बताए।

आज पूर्व गृहमन्त्री खाँड पक्राउ परेपछि दबाब झनै बढेको छ। बढ्दो दबाबका बीच रायमाझीलाई कानुनी बाटोबाटै लड्नका लागि मनाउन एमालेमाथि पनि दबाब बढेको छ।

यद्यपि एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजोको सचिवालय बैठकमा रायमाझी आफ्नो सम्पर्कमा पनि नरहेको बताएको ती नेताले बताए ।

प्रहरीले पक्राउ पूर्जी जारी गरेको एक साता बित्न लाग्दा पनि सम्पर्कमा आउँछु भनेका रायमाझी आएका छैनन् ।

टोपबहादुर रायमाझी ले बुटवलबाट प्रहरी नेतृत्त्वलाई आफूले अनुसन्धानमा सघाउने वचन दिएका रायमाझी त्यहीँबाट फरार भएका थिए ।

उनी भारत पुगेको आशंका गरेका छौँ, उनका परिवारका सदस्यलाई पनि निगरानीमा राखेका छौँ, भारतबाट परिवारलाई सम्पर्क गरेको पाइएको छैन – प्रहरी स्रोतले भन्यो।

प्रहरीले भने भारत पठाएर भएपनि उनको खोजी जारी राख्ने बताएको छ।

प्रहरी अधिकारीले टोपबहादुर रायमाझी र पार्टीका केही नेताहरुसँग सम्पर्कमा रहेको हुन सक्ने आशंका व्यक्त गरे पनि कोसँग भन्ने खुलाउन चाहेका छैनन।

प्रहरीले मुद्दा अदालतमा बुझाएपछिमात्रै आउने तयारी होला, प्रहरी स्रोतले भन्यो, हामीले त्यो अवस्था आउन दिने छैनौँ ।

अघिल्लो साता बुटवलबाट फरार भएका रायमाझी प्रहरीको खोजी सूचीमा रहेका छन् ।

उनको मोबाइल बुटवलमा अफ भएको पाइएको प्रहरी स्रोतले बताएको छ।

प्रहरी स्रोतले दिएको जानकारीअनुसार रायमाझीको फोन ट्रयाक गर्दा बुटवलमा अन्तिम लोकेशन देखाएको र त्यहीँबाट उनले अफ गरेको पाइएको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६