एमालेले निलम्वन गरेलगत्तै टोपबहादुरले भने – `बिमारी भएर अस्पतालमा छु´

Bijay Gyawali २७ बैशाख २०८०, बुधबार १५:१५

काठमाण्डौ – नेकपा एमालेले सचिव पदबाट निलम्बित गरेलगत्तै सांसदसमेत रहेका टोपबहादुर रायमाझीले आफू बिरामी भएर अस्पतालमा रहेको पत्र संसद सचिवालयलाई पठाएका छन्।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सचिवालयमा बिरामी भएको पत्र प्राप्त भएको छ । पत्र प्राप्त भए पनि पत्र दर्ता भने प्रक्रियामै रहेको छ ।

बुधबारै नेकपा एमालेका महासचिव शंकर पोखरेलले विज्ञप्ति निकाल्दै रायमाझीलाई पार्टीको सचिवबाट निलम्बन गरेका छन् । अनुसन्धानको अन्तिम किनारा नलागुन्जेलका लागि पदबाट निलम्बन गरिएको भनिएको छ ।

यो पनि पढ्नुहोस – 

नेकपा एमालेले पार्टी सचिव तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । एमाले महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति जारी गर्दै रायमाझीलाई निलम्बन गरिएको जानकारी गराएका हुन् ।  नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने कार्यमा संलग्न भएको भन्दै प्रहरीले वारेन्ट जारी गरेसँगै फरार रहँदै आएका रायमाझीलाई एमालेले बचाउन खोजेको आरोप लागिरहेका बेला निलम्बनको निर्णय गरिएको हो ।

केन्द्रीय सचिवालयको निर्णयलाई समेत ध्यानमा राख्दै राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई यस सम्बन्धी अनुसन्धान र कानुनी कार्बाहीको प्रक्रियाको अन्तिम टुङ्गो नलागेसम्म पदबाट निलम्बन गरिएको जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा पार्टीले विधिको शासनमा विश्वास गर्ने उल्लेख गरिएको छ । राज्यका वैधानिक संस्थाहरूले गर्ने अनुसन्धानका काममा सबैले सहयोग गर्नुपर्ने भन्दै एमालेले भनेको छ, ‘ कसैका बारेमा कुनै विवाद उठेमा त्यसबारे कानुनी सफाइ प्राप्त गर्ने दायित्व सम्बन्धित व्यक्तिकै हो भन्ने हाम्रो पार्टीको स्थापित मान्यता रहँदै आएको छ ।’

सोही मान्यता अनुरूप पक्राउ पूर्जी जारी हुनासाथ उनलाई राज्यका अनुसन्धान निकायमा उपस्थित भएर विधिवत् रूपमा आफ्नो यथार्थ स्पष्ट पार्न भनिएको विज्ञप्तिमा उल्लेख छ । उनले सुरुमा नेतृत्वसँग यस विषयमा सहमति पनि जनाएको एमालेले जनाएको छ

तर पार्टी नेतृत्वलाई दिएको विश्वास विपरीत उनी सम्बन्धित निकायमा उपस्थित नभएको विषयलाई मंगलबार बसेको केन्द्रीय सचिवालयको बैठकले गंभीरतापूर्वक लिँदै अविलम्ब सम्बन्धित निकायमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न निर्देशन गरेको एमालेले स्पष्ट गरेको छ ।

#टोपबहादुर_रायमाझी #भुटानी_शरणार्थी #बालकृष्ण_खाँड

 

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६