बालेनको पुरानो पोस्टमा रवी र रास्वपाबिरुद्धको इडिट फोटो संजालमा भाईरल !

Bijay Gyawali २१ श्रावण २०८०, आईतवार १६:५२

काठमाण्डौ – अहिले सामाजिक सञ्जाल फेसबुकमा बालेनको आधिकारिक फेसबुक पेजबाट लिइएको जस्तो देखिने स्क्रिनशट फैलिएको छ । ४५ हजार रियाक्सन, दुई हजार कमेन्ट र ४६१ शेयर देखिने उक्त स्क्रिनशटमा बालेनले हालै रास्वपाले सार्वजनिक गरेको एम्बलेन्सको बारेमा आफ्नो धारणा राखिएको देखाइएको छ।

“एम्वुलेन्स भरतपुर मेडिकल कलेजको ! डाक्टर सहितको जनशक्ति पनि भरतपुर मेडिकल कलेज कै ! नाम चाहि रास्वपाको ! सेवा चाहि रवीको मोवाइल क्लिनिक रे ! !! यति सम्मको झूठ पनि वजारमा विक्दो रैछ ! विकाउन सक्ने व्यापारी अनि त्यसलाई पत्याउने उपभोक्ता रहून्जेल कसैको केही लाग्दैन !” भाइरल स्क्रिनशटमा लेखिएको छ ।

स्क्रिनशटमा बालेनको ब्लु टिक सहितको पेजको नाम समावेश गरिएको छ । उक्त पोस्ट बालेनको पेजमा हेर्दा भने भेटिँदैन । आईफोनबाट लिइएको उक्त स्क्रिनशटमा भएको पोस्टको टेक्स्ट र यूआईको टेक्स्ट पनि भिन्नाभिनै छ । पोस्टको टेक्स्ट प्रष्ट छ भने रियाक्सन, कमेन्ट र शेयर लेखिएको टेक्स्ट मधुरो देखिन्छ । यी कुराहरूबाट पनि यो पोस्ट सम्पादन गरिएको हो भन्ने अनुमान लगाउन सकिन्छ।

  त्यसबाहेक पनि ४५ हजार लाइक, दुई हजार कमेन्ट र ४६१ शयेर भएको स्क्रिनशट बालेनको अर्को पोस्टबाट लिइएको देखिन्छ । जुलाई २६ मा बालेनले ‘लार्भा नष्ट गर्ने अभियान’ सम्बन्धी राखेको पोस्टमा उनी नै रियाक्सन र कमेन्ट छन् । तर, शेयर भने एक अङ्कले बढेको छ । उक्त पोस्टमा भएको शेयर हेर्ने हो भने अन्तिम पटक उक्त पोस्ट प्रकाश अधिकारी नाम भएका प्रयोगकर्ताले चार घण्टाअघि (आईतबार, अगस्ट ६, २०२३, १२ः१२ मिनेट) शेयर गरेको देखिन्छ । यसबाट पोस्ट एडिट गर्ने व्यक्तिले यही पोस्टको स्क्रिनशट लिएर पछि आफ्नो अकाउन्टमा उक्त कुरा लेखेर फोटो एडिट गरेको देखिन्छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६