आज नवरात्र अन्तर्गत दोस्रो दिन । ब्रह्मचारिणी देवीको दर्शन र आराधना गरिँदै देशभरका शक्तिपीठहरुमा आज बिहानैदेखि भक्तजनको घुईंचो लागेको छ ।
घटस्थापनाको दोस्रो दिन ब्रह्मचारिणी देवीको आराधना गरिन्छ ।
यसअघि हिजो दशैँ घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरियो भने आज देवी भगवतीको पूजा आराधाना गरिदै देशभर धुमधाम साथ मनाइँदै छ । काठमाडौंको हनुमानढोकास्थित दशैँ घरमा पनि घटस्थापना गरिएको छ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।
घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरेसँगै नौ दिनसम्म दशैं घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा गरिन्छ ।
घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।
नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।
दशैंको दोस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको बिहानैदेखि भीड लागेको छ । राजधानीभित्र रहेका गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रयणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा पूजा गर्ने गरिन्छ ।
उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथिभारा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता र षखडा, पोखराको विन्ध्यावासिनीसहितका मन्दिरमा पनि भक्तालुहरूको घुईंचो लागेको छ । दुर्गाका नौ रुपलाई नवदुर्गा भन्ने गरिन्छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी र अन्य देवी स्तोत्र एवम् पाठ गरिन्छ ।
घटस्थापनाका दिन राखिएको जमरा दुर्गालाई चढाएर विजयादशमीको दिन टीका र प्रसादको रुपमा जमरा लगाउने परम्परा रहेको छ ।
घटस्थापनादेखी नै सार्वजनिक स्थलहरुमा पिङ हालिएको देख्न सकिन्छ । कतै केटाकेटीहरु चङ्गा चेट् गराइरहेका छन् ।