प्रदेश २ मा चरम बेथिती: कर्मचारी घुम्न गएवापत थप १ महिनाको तलव दिईने

जागरणपोस्ट २४ कार्तिक २०७६, आईतवार ११:५०

धनुषा – प्रदेश २ मा कार्यरत्त निजामती कर्मचारीहरुले अब आन्तरिक पर्यटनमा जाँदा एक महिनाको थप तलब सुविधा पाउने भएका छन् । आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्यले प्रदेश २ सरकारले यस्तो कानुन बनाएको हो ।

प्रदेश स्तरीय निकायका निजामती कर्मचारीहरुको आन्तरिक पर्यटन कार्यक्रम सञ्चालन सम्बन्धी निर्देशिका २०७६ ले देश भित्र कुनै पनि पर्यटकीय क्षेत्र घुम्न जाने कर्मचारीलाई एक महिनाको तलब सुविधा प्रदान गर्ने निर्धारण गरेको छ । तर त्यस्ता कर्मचारीले निर्देशिकाले तोकेको केही दायित्व र आचारसंहिता पालना गर्नुपर्ने उल्लेख छ ।

भ्रमण सकेर कार्यालयमा हाजिर भएको सात दिनभित्र आफू घुमेको पर्यटकीय स्थल, त्यहाँको आफूसहितको तस्बिरहरुलगायत भ्रमणको विस्तृत प्रतिवेदन सम्बन्धित निकायमा पेश गरे मात्र एक महिना बराबरको थप तलब भुक्तानी हुने निर्देशिकामा जनाइएको छ । कर्मचारी भ्रमणमा जानु अघि पनि एक महिनाको थप तलब पेश्कीको रुपमा लिन सक्ने छन् । तर, प्रतिवेदन बुझाए मात्र पेश्की लिएको रकम फर्छौट हुने निर्देशिकामा उल्लेख छ ।

सबै निजामती कर्मचारीले यस्तो सुविधा पाउन सक्ने छैनन् । यो सुविधाका लागि प्रदेश २ मा कम्तीमा ६ महिना काम गरेको हुनुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ । निर्देशिकामा लेखिएको छ ‘प्रदेश निकायमा हाजिर भएर ६ महिना सेवा पूरा गरेका संघीय तथा प्रादेशिक निजामति कर्मचारीहरु यस निर्देशिका बमोजिमको आन्तरिक पर्यटनमा सहभागि हुन सक्नेछन् ।’

निजामती कर्मचारी आफू कार्यरत जिल्लाबाहेक प्रदेश अथवा देशभित्रको जुनसुकै पर्यटकीय स्थलको भ्रमणमा जान सक्नेछन् । भ्रमणमा गएका कर्मचारीले खर्च विवरण बुझाउनुपर्ने छैन ।

प्रदेश नम्बर २ को आर्थिक वर्ष २०७६/०७७ को राजस्व र व्ययको अनुमान बजेट वक्तव्यको बुँदा नम्बर १२२ ले दिएको नीतिगत अधिकार प्रयोग गर्न प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन २०७५ को दफा नम्बर २ बमोजिम प्रदेश सरकारले यो निर्देर्शिका बनाएको जनाएको छ ।

प्रदेश २ का प्रमुख सचिव दीपक सुवेदीले प्रदेश २ मा पर्यटन प्रवर्द्धन, कर्मचारीलाई स्थायित्व राख्ने उद्देश्यले निर्देशिका प्रदेश सरकारले बनाएको बताए।

‘आर्थिक मामलिा तथा योजना मन्त्रालयले चालु आर्थिक वर्षको बजेटमै यो कुरा उल्लेख गरेको थियो । यही अनुसार निर्देशिका तयार भएको छ ।’ प्रमुख सचिव सुवेदिको तर्क थियो।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६