मार्क्सवादको प्रतिपादन, विकास र रक्षामा कार्ल मार्क्स को योगदान

जागरणपोस्ट १५ फाल्गुन २०७५, बुधबार १०:२९
Hasta kc
        हस्त बहादुर केसी

कार्ल मार्क्स माक्र्सवादका प्रवर्तक हुनुहुन्छ । कार्ल मार्क्स वैज्ञानिक साम्यवादका सिद्धान्तकार हुनुहुन्छ । आफ्ना अनन्य मित्र तथा सहयोगी फ्रेडरिक एंगेल्सको सहयोगमा मार्क्सवादको प्रतिपादन गर्नु भयो ।

मार्क्स – एंगेल्सद्वारा लिखित कम्युनिष्ट घोषणापत्र सन् १८४८ फेब्रुअरी १२ तारिखका दिन घोषणा गरे पश्चात माक्र्सवादको प्रतिपादन हुन पुग्यो । माक्र्सवाद एक वैज्ञानिक सिद्धान्त हो । माक्र्सवाद एउटा गतिशिल सिद्धान्त हो र माक्र्सवाद सर्वहारावर्गको मुक्तिको सैद्धान्तिक पथप्रदर्शक सिद्धान्त हो, मार्गदर्शक सिद्धान्त हो ।
आज मार्क्सवाद ले पहिलो चरणमा माक्र्सवादको चरणको विकास गरेको छ । माक्र्सवादको गुणात्मक विकासको दोस्रो चरणमा लेनिनवादको विकास भएको छ । माक्र्सवाद–लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरणमा माओवादको विकास भएको छ । र, निरन्तर सृजनात्मक विकासको गतिमा अगाडि बढिरहेको छ । यसरी आज अन्तर्राष्ट्रिय सर्वहारावर्गको हातमा एउटा सार्वभौम सिद्धान्तको सिंगो अमेद्य इकाइका रूपमा माक्र्सवाद –लेनिनवाद –माओवाद रहेको छ ।

माओवादलाई आजको विश्वको माक्र्सवाद लेनिनवादका रूपमा ग्रहण नगरी कोही पनि सच्चा कम्युनिष्ट बन्न सक्तैन । यहाँनेर ध्यान दिन अति जरुरी छ कि आजको विश्वको माक्र्सवाद–लेनिनवाद भएकाले नै संसारभरका प्रतिक्रियाहरू तथा संशोधनवादीहरूले माओवाद एवं माओवादीहरू माथि प्रतिक्रियावादीहरू तथा संशोधनवादीहरूले माओवाद एवं माओवादीहरू माथि सैद्धान्तिक रूपमा भ्रम सिर्जना गर्ने र भौतिक रूपमा भीषण हमला गरिरहेका छन् ।

यहाँनेर अर्को ध्यान दिनै पर्ने जरुरीको कुरा के छ भने माक्र्सवाद–लेनिनवादको स्थापना कम्युनिष्ट क्रान्तिकारीहरूद्वारा सवैखाले प्रतिक्रियावाद, संशोधनवाद र अवसरवादका विरुद्धको भीषण वर्गसंघर्ष र वैचारिक संघर्षका क्रममा भएको हो, त्यसरी नै आज माओवादको स्थापना पनि नियम संघर्षका वीचबाट भइरहेको छ, तर जग चाहिँ माक्र्सवाद नै हो ।

अतः यस लेखकमा माक्र्सवादको प्रतिपादन, विकास र रक्षाको सवालमा जुन कार्ल माक्र्सको अत्यन्तै महत्वपूर्ण एवं अतुलनीय योगदान रहयो । यिनै विषयहरूमा केन्द्रित रहेर लेख्ने प्रयत्न गरिएको छ ।

कार्ल मार्क्स जन्म सन् १८१८ मई ५ तारिखका दिन जर्मनीको प्रसिया अन्तरगत ट्रियर शहरको एक वकिल परिवारमा भएको थियो । उहाँका बुबा हेनरिरव माक्र्स र आमा हेनरियेंट्टा माक्र्स(हल्याण्ड) हुनुहुन्थ्यो । उहाँको परिवारमा चार दाजु भाइ र पाँच दिदी बहिनी हुनुहुन्थ्यो । माक्र्स माइला छोरा हुनुहुन्थ्यो ।

माक्र्सको विवाह सन् १८४३ जुन १९ तारिखका दिन जर्मनीको सानो शहर क्रेश्चनारवमा जेनी बेष्टफालेनसँग भएको थियो । माक्र्सका सन्तानहरूमा चार छोरी (जेनी, लाउरा, फ्रान्चिस्का, एलेओनोरा र दुई छोरा (एडगार र गिदो) थिए ।

सन् १८८३ मार्च १४ तारिखका दिन कार्ल माक्र्सको मृत्यु भएको थियो । सन् १८८३ मार्च १७ तारिख शनिवारका दिन लण्डनको हाइगेट चिहानमा माक्र्सको शव गाडियो, जहाँ जेनी माक्र्सको अस्तु पनि राखिएको थियो ।

अप्रिल १८४१ मा माक्र्सले भियना विश्वविद्यालयबाट दर्शनशास्त्रमा डाक्टरी (विद्यावारिधी) प्राप्त गर्नु भएको थियो । डेमोक्रेटिक प्रकृति दर्शन र एयकुलरको प्रकृति दर्शनबीचको विषयमा माक्र्सले थेसिस लेख्नु भएको थियो ।

सन् १८४२ नोभेम्वरमा क्लोन स्थित राइन ९च्जष्भष्लकअजभ शभष्तगलन० पत्रिकाको कार्यालयमा माक्र्स र एंगेल्सका वीच पहिलो पटक भेट भयो । त्यतिवेला माक्र्सले राइन पत्रिका ९च्जभष्लष्कअजभ श्भष्तगलन० र नयाँ ९च्जभष्भष्लष्अभजभ शभष्तगलन० को सम्पादकत्व गर्नु हुन्थ्यो ।

कार्ल मार्क्स लाई ग्रीक, ल्याटिन, जर्मनी र अंग्रेजीको उत्कृष्ट ज्ञान थियो भने इटालियन र स्पेनिस भाषामा लेख्न र पढ्न सक्नु हुन्थ्यो ।
अभाव र गरिवीका कारण माक्र्सका छोराछोरीहरूले अकालमै मृत्युवरण गर्न पुगेका थिए । सन् १८५० मा सानो छोरा गिदो, सन् १८५२ मा साहिँली छोरी फ्रान्चिस्का(१ वर्षको उमेरमा) सन् १८५५मा जेठो छोरा एडगार(८ वर्षको उमेरमा) र सन् १८८३ मा जेठी छोरी जेनी (३८) वर्षको उमेरमा मृत्यु भएको थियो ।

Karl marks
कार्ल मार्क्स

सन् १८८१ डिसेम्वर २ का दिन कार्ल मार्क्स को जीवनसंगिनी जेनी माक्र्सको पनि मृत्यु भएको थियो । कार्ल माक्र्स सर्वहारावर्गको महाने सिद्धान्तकार हुनुहुन्छ । कार्ल माक्र्स माक्र्सवादका प्रतिपादक हुनुहुन्छ । उहाँले जुन माक्र्सवादको प्रतिपादन गर्नु भयो, त्यो विश्व इतिहासमा एउटा युगान्तकारी परिघटना थियो । त्यसले विश्व कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनका लागि साम्यवाद प्राप्तिको संघर्ष गर्नका निम्ति सैद्धान्तिक राजनीति र साँगठनिक रूपले उत्प्रेरित हुन गयो।

सन् १८४७ मा लण्डनमा सम्पन्न कम्युनिष्ट लिगको दोस्रो महाधिवेशनले कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सलाई कम्युनिष्ट घोषणापत्रको मस्यौदा लेख्ने जिम्मेवारी सुम्प्यो । माक्र्स–एंगेल्सले एक वर्ष लगाएर कम्युनिष्ट पार्टीको घोषणापत्र तयार पार्नु भयो र सन् १८४८ फेब्रुअरी १२ तारिखका दिन लण्डनबाट माक्र्स एंगेल्सद्वारा कम्युनिष्ट घोषणापत्र जारी गर्नु भयो । त्यस पश्चात विश्व सर्वहारावर्गले माक्र्सवादका रूपमा, माक्र्सवादी दर्शनको रूपमा आफ्नो मुक्तिको सैद्धान्तिक अस्त्र प्राप्त भयो । यस विषयमा स्वयं माक्र्स–एंगेल्स संकलित रचनाहरू भाग ३, पृष्ठ १२ मा – “जसरी दर्शनले सर्वहारा वर्गमा आफ्नो भौतिक हतियार प्राप्त गर्दछ, त्यसरी नै सर्वहारावर्गले दर्शनमा आफ्नो बौद्धिक हतियार प्राप्त गर्दछ ।” दर्शनका विषयमा माक्र्सले “प्रत्येक सच्चा दर्शन आफ्नो समयको बौद्धिक सारतत्व हो” भन्नु भएको छ ।

माक्र्सवाद र माक्र्सवादी दर्शनमा सर्वहारावर्गले संसारलाई ठिकसित बुझाउने र त्यसलाई फेर्ने एक अचूक बौद्धिक अस्त्र का रूपमा भेटाएको सन्दर्भमा यसको महत्वको वारेमा आफ्नो संकलित रचनाहरू भाग १९, पृष्ठ २५ मा लेनिनद्वारा लेखिएको छ, “माक्सको दर्शन एउटा यस्तो परिपूर्ण दार्शनिक भौतिकवाद हो, जसले मानव जातिलाई र खास रूपले मजदुरवर्गलाई ज्ञानका शक्तिशाली औजारहरू प्रदान गरेको छ ।”

वास्तवमा माक्र्सको दर्शन सर्वहारावर्ग र त्यसका राजनीतिक तथा सैद्धान्तिक प्रतिनिधिहरूको हातमा एउटा प्रभावशाली र शक्तिशाली हतियार सावित भएसके पछि त्यसमा द्वन्द्वात्मक भौतिकवाद भनिएको उक्त दर्शन सम्पूर्ण माक्र्सवादी सिद्धान्तको आधार बन्न पुगको सन्दर्भमा माक्र्सवादको दार्शनिक पक्षको महत्वलाई कमरेड माओले आफ्नो चुनिएका रचनाहरू अंग्रेजी संस्करण भाग ५, पृष्ठ १६० मा अगाडि लेख्नुहुन्छ, “माक्र्सवाद ज्ञानका अनेक शाखाहरूबाट बनेको छ ः माक्र्सवादी दर्शन, माक्र्सवादी अर्थशास्त्र र माक्र्सवादी समाजवाद अर्थात वर्ग संघर्षको सिद्धान्त तर जग चाहिँ माक्र्सवादी दर्शन हो । यदि यसलाई मनन गरिएन भने हाम्रो एउटा साझा भाषा वा साझा तरिका हुने छैन, हामी चीजहरूलाई स्पष्ट नपारिकन यताउताको कुरा उठाई तर्क मात्र गरिहेका हुनेछौं । द्वन्द्वात्मक भौतिकवादलाई मनन गरिसकेपछि, थुप्रै दुःखकष्टबाट जोगिने छ र धेरै गल्तीहरू हट्नेछन् ।”

माक्र्स–एंगेल्सद्वारा कम्युनिष्ट घोषणापत्र जारी भए पश्चात तत्कालीन दुनीयाँमा हलचल पैदा गरि दियो । यस विषयमा कम्युनिष्ट घोषणापत्रको शुरुमै माक्र्सले लेख्नुभएको छ –
“युरोपमा एउटा हाउ घुमफिर गरिरहेको छ– साम्यवादको हाउ । यस हाउलाई धपाउन भनेर पोप र जार, मेटर्निख र गीजो, फ्रेन्च उग्रवादी र जर्मन पुलिस अर्थात् पुरानो युरोपका सारा सत्ताधारीहरू एक भएका छन् ।

कुन यस्तो विरोधी पार्टी छ जसलाई सत्ताधारीहरूले कम्युनिस्ट भनी बद्नाम नगरेको होस् ? कुन यस्तो विरोधी पार्टी छ जसले आफूभन्दा धेरै प्रगतिशील विरोधी पार्टीहरूलाई र आफ्ना प्रतिक्रियावादी विरोधीहरूलाई समेत कम्युनिस्ट भएको घृणित आरोप नलगाएको होस् ।

तथ्यबाट दुई कुरा प्रष्ट हुन्छ । युरोपका सारा सत्ताधारीहरूले साम्यवादलाई अब एक शक्ति मानिसकेका छन् । अब कम्युनिस्टहरूले सम्पूर्ण संसारको अगाडि आफ्ना विचारहरू, आफ्ना उद्देश्यहरू, आफ्ना प्रयासहरू खुलस्त बताउनुपरेको छ र साम्यवादको हाउसम्बन्धी दन्त्यकथाको सट्टामा पार्टीको आफ्नो घोषणापत्र प्रस्तुत गर्नुपरेको छ ।”

कार्ल मार्क्स– फ्रेडरिक एंगेल्स, संकलित रचनाएं (हिन्दी) तीन खण्डोंमे, खण्ड १, भाग १, पृष्ठ १२९, प्रगति प्रकाशन मास्को ।
विश्वविख्यात कम्युनिष्ट घोषणपत्रको मस्यौदा तयार पारेर जसरी घोषणा समेत स्वयं माक्र्स एंगेल्स गरेर माक्र्सवाद र माक्र्सवादी दर्शनका क्षेत्रमा माक्र्स–एंगेल्सले ज्यादै महत्वपूर्ण र अतुलनीय योगदान गर्नु भयो ।

मुख्यत : कार्ल मार्क्स र फ्रेडरिक एंगेल्स दुवैको संयुक्त प्रयासबाट माक्र्सवादको प्रतिपादन भयो । यस विषयमा लेनिनले अगाडि लेख्नु हुन्छ ,“ माक्र्सवाद माक्र्सका विचारहरू र उनको शिक्षाको व्यवस्थित श्रृंखला हो । उन्नाइसौं शताब्दिमा माक्र्सवादका तीन संघटकतत्वको उल्लेख गर्दै संसारका तीन अधिकतम उन्नत देशहरूमा पैदा भएका तीन मुख्य विचारधाराहरू शास्त्रीय जर्मन दर्शन, शास्त्रीय अंग्रेजी राजनीतिक अर्थशास्त्र र सामान्य फ्रान्सेली क्रान्तिकारी शिक्षाहरूसंग संलग्न फ्रान्सेली समाजवादलाई माक्र्सले अगाडि बढाउनु भयो र तिनलाई आफ्नो प्रतिभाले परिपूर्ण बनाउनु भयो ।” लेनिन, संकलित रचनाएँ दश खण्ड मे खण्ड ५ पृष्ठ २६, प्रगति प्रकाशन भएको १९८२ माक्र्सवाद सर्वहाराक्रान्तिको विज्ञान हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त वर्गसंघर्ष तथा इतिहासमा बलप्रयोगको भूमिका र वैज्ञानिक समाज साम्यवाद यसका आधारभूत मान्यता हुन् भन्ने कुरा विज्ञानद्वारा माक्र्सले निक्यौल गरेर, माक्र्सवाद तथा माक्र्सवादी दर्शनका क्षेत्रमा ठूलो योगदान पु¥याउनुभयो ।

कार्ल माक्र्सले प्राचीन युनानको सहज भौतिकवाद र द्वन्द्ववाद काण्टदेखि हेगेलसम्म विकसित हुँदै गएको जर्मनशास्त्रीय दर्शन, हेगेलको द्वन्द्ववाद र फायरवरवको भौतिकवादको गंभीर अध्ययन गर्नु भै हेगेलमा द्वन्द्ववादको चरम विकास भएको थियो तर उनी आदर्शवादी थिए । त्यस्तै फायरवारवमा भौतिकवादको राम्रो विकास भएको थियो तर उनी अधिभूतवादी र धार्मिक –नैतिक–क्षेत्रमा आदर्शवादी थिए । यही परिपेक्षमा माक्र्स एंगेल्सले हेगेलको आदर्शवादिको विरोध गर्दै उनको द्वन्द्ववादलाई अंगिकार गर्नु भयो । त्यस्तै उहाँहरूले फायरवारवया विद्यमान अधिभूतवाद र आदर्शवादको विरोध गर्दै उनको भौतिकवादलाई अंगाल्न भयो । यसरी माक्र्स–एंगेल्सले द्वन्द्ववाद र भौतिकवादलाई परिमार्जन, संश्लेषित र एकीकृत वनाउँदै नयाँ दर्शनको आधारशिला तयार पार्नु भयो । अर्थात माक्र्स एंगेल्सले हेगेल र फायरवारवको टाउकोले टेकेको दर्शनलाई सुल्टयार खुट्टाले टेकेर उभिने वनाई दिएर द्वन्द्वात्मक भौतिकवादको विकास गर्नु भयो । साथै माक्र्सले समाज विज्ञानका रूपमा ऐतिहासिक भौतिकवादको आविष्कार गरेर वर्ग, वर्गसंघर्ष, इतिहासमा बल प्रयोग भूमिका कुरा र इतिहासदेखि आजसम्मका इतिहास वर्गसंघर्षको इतिहास हो” भने संश्लेषण गर्दै उत्पादन सम्बन्ध रहने, समाज विकासका नियमहरू ठोस गर्दै सामाजिक क्रान्तिकारीद्वारा राज्यको उत्पतिदेखि राज्यको विलोपीकरण सम्मको वैज्ञानिक सिद्धान्त प्रतिपादन गरेर दर्शनको क्षेत्रमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई स्थापित गर्नु यस पश्चात दार्शनिक फाँटमा यसले नयाँ क्रान्ति ल्याई दियो र यस भन्दा पहिलेका सम्पूर्ण दर्शनहरू पछाडि पर्न गए र दुनीयाँमा नयाँ हलचल पैदा गरि दियो ।यस एंगेव्सको साथ र सहयोगमा माक्र्सको महत्वपूर्ण योगदान रहन गयो ।

लेनिनले माक्र्सवादका तीन श्रोतको उल्लेख गर्नु भएको छ र यसैका आधारमा माक्र्सवादमा तीन संघटका अंग पनि निर्मित भएका छन् । जस्तो कि दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका तीन संघटक अंग हुन् ।

अर्को कुरा दर्शनशास्त्र प्रकृति समाज र चिन्तनका गतिका सामान्य नियमहरूको अध्ययन गर्ने विज्ञान हो र यसलाई माक्र्सले नितान्त नयाँ ढंगले विकसित गर्नु भएको छ । राजनीतिक अर्थशास्त्र उत्पादन सम्बन्धहरूको अध्ययन गर्ने विज्ञान हो र यसलाई पनि माक्र्सले नयाँ ढंगले विकासित तुल्याउनु भएको छ । पुँजीवादी अर्थशास्त्रीहरूले राजनीतिक अर्थशास्त्रलाई बस्तुहरूको आफ्नो सम्बन्धको अध्ययन गर्ने विज्ञानका रूपमा लिएका थिए तर यसको उल्टो माक्र्सले मानिसहरूको पारस्परिक सम्बन्धको अध्ययन गर्ने विज्ञानको रूपमा राजनीतिक अर्थशास्त्रलाई स्थापित गर्नु भयो । र मूल्याको श्रमसिद्धान्तलाई माक्र्सले नयाँ व्याख्या, परिष्कार र अतिरिक्त मूल्यको सिद्धान्तको खोजका आधारमा समृद्ध तुल्याउनु भयो । वैज्ञानिक समाजवाद एक यस्तो सामाजिक तथा वैचारिक व्यवस्था हो, जुन वर्ग संघर्ष, बलप्रयोगको भूमिका, सर्वहारावर्गको अधिनायकत्व र वर्गहरूको विलोपको सिद्धान्तमा आधारित रहेको छ । माक्र्सले काल्पनिक समाजवादका विरुद्ध वैचारिक संघर्ष चलाउँदै वैज्ञानिक समाजवादको विज्ञानलाई स्थापित गरेर महत्वपूर्ण योगदान गर्नु भयो ।

माक्र्सपूर्वका काल्पनिक समाजवादी तथा साम्यवादीहरूले पुँजीवादी उत्पादनबाट मजदुरहरूको मुक्तिको सपना अवश्यैदेखे तर त्यसलाई वैज्ञानिक सिद्धान्तको रूपमा लिन सकेका थिएनन् । हेगेलको इतिहासलाई अधिभूतवादबाट मुक्तगरी द्वन्द्ववादको रूप त अवश्यै प्रदान गरे तर इतिहास सम्बन्धि उनको धारणा मूलतः आदर्शवादी थियो । यो स्थितिमा माक्र्सले इतिहासको भौतिकवादी मान्यताको आविष्कार गर्नु भयो । र माक्र्सले अगाडि भन्नु भयो “अपितु यसको उल्टो त्यसको सामाजिक अस्तित्वले त्यसको चेतनालाई निर्धारण गर्दछ ।” इतिहासको यो भौतिकवादी मान्यतालाई आधार बनाउँदै माक्र्स–एंगेल्स कुन निष्कर्षमा पुग्नु भयो भने आदिम युगलाई छोडेर समस्त विगतको इतिहास वर्गसंघर्षको इतिहास हो ।

साथै माक्र्स एंगेल्सले प्रकृति विज्ञान र इतिहासको क्षेत्रमा वास्तविक अन्तः सम्बन्धका ठाउँमा काल्पनिक अन्तः सम्बन्ध प्रस्तुत गर्ने आदर्शवाद र अधिभूतवादका विरुद्ध संघर्ष चलाउँदै ती दुवै क्षेत्रका वैज्ञानिक नियमहरूलाई राम्रो सँग उत्पादन गर्नु भएको छ । प्रकृति समाज र चिन्तनमा विद्यमान गतिका सामान्य नियमहरूको खोज गर्नु नै यो उद्घाटनको वास्तविक कुञ्जी बन्न गएको छ । यस प्रकारको अध्ययन र खोजले एकातिर प्रकृति दर्शन र इतिहास दर्शनको प्रभुत्वबाट प्रकृति विज्ञान र समाज विज्ञानका विविध शाखाहरूलाई मुक्त गरी तिनलाई स्वायत्त विज्ञानहरूको हैसियत प्रदान ग¥यो भने अर्कोतिर एक विशिष्ट सकारात्मक विज्ञानका रूपमा दर्शनशास्त्रलाई अन्तर्वस्तु तथा रूप दुवै दृष्टिले परिमार्जित गरी नयाँ ढंगले विकासित गर्ने काम भयो । यस प्रकारको नयाँ संश्लेषणबाट सर्वहारावर्गको वैचारिक शास्त्रका रूपमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको प्रादुर्भाव हुन पुग्यो, त्यो पुरानो ढंगको दर्शनशास्त्र न भै नयाँ विश्वदृष्टिकोण बन्न पुग्यो । यसमा माक्र्सको महत्वपूर्ण योगदान रहयो ।

माक्र्सले समाज विज्ञानका तीनवटै क्षेत्रमा खासगरी दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा महत्वपूर्ण योगदान गर्नु भयो । शुरुमा त माक्र्सले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन, त्यसका साथै राजनीतिक अर्थशास्त्रका अतिरिक्त मूल्यको सिद्धान्त र वैज्ञानिक समाजवादमा वर्गसंघर्ष, सशस्त्रसंघर्ष र सर्वहारावर्गको अधिनायकत्वलाई पनि स्थापित गरे भयो ।
माक्र्सका योगदानहरूलाई छोटकरीमा यसरी राख्न सकिन्छ कि दर्शनका क्षेत्रमा उहाँले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद प्रतिपादन गर्नु भयो । यसमा माक्र्सले जर्मन दर्शनशास्त्रका अग्रणीहरू खास गरी हेगेल, काण्ट र फायरबाखलाई गहन ढंगले अध्ययन गर्नु भयो । काण्टको अज्ञेयवादका विरुद्ध पनि लँडाइ लड्नु भयो । त्यस्तै गरी फायरवास का अधिभूतवादी भौतिकवादका विरुद्ध लडाईं लड्नु भयो । साथै हेगेलका आदर्शवादी द्वन्द्ववादका विरुद्धमा पनि लडाई लड्नुभयो । फायरवारको भौतिकवाद र हेगेलको द्वन्द्ववादलाई लिएर माक्र्सले द्वन्द्वात्मक भौतिकवाद बनाउनुभयो । ऐतिहासिक भौतिकवाद माक्र्सको नयाँ आविष्कार हो । ऐतिहासिक भौतिकवाद माक्र्सको मौलिक आविष्कार हो । यो दर्शनशास्त्रको क्षेत्रमा माक्र्सले गरेको आविष्कार हो ।

दोस्रो योगदान माक्र्सले राजनीतिक अर्थशास्त्रका क्षेत्रमा अतिरिक्त मूल्यको सिद्धान्त प्रतिपादन गर्नु भयो । मानव समाजमा एउटा मुठ्ठीभर वर्गले बहुसंख्यक श्रमजीवी वर्गलाई कसरी शोषण गर्दछ भन्ने कुरा पत्ता लगाउनु भयो । नीजि सम्पत्तिको उन्मुलन गरेर नै शोषणका अन्त्य हुनसक्छ, समाजवाद आउन सक्छ र त्यसपछि साम्यवादमा पुग्न सक्छ । सामुहिक उत्पादन र नीतिविचरणको अन्तर्विरोध पत्ता लगाएर उत्पादन सम्बन्ध र उत्पादन शक्तिवीच चल्ने संघर्षबकाट नै समाजवाद प्राप्त हुन्छ भन्ने कुरा माक्र्सले राजनीतिक अर्थशास्त्रका क्षेत्रमा पत्ता लगाउनु भयो । त्यसका साथै माक्र्सले वैज्ञानिक समाजका क्षेत्रमा खास गरी समाजमा वर्गहरू हुन्छन् भन्ने कुराले पहिले नै थाहा थियो तर माक्र्सले त्यसलाई कसरी हल गर्नु पर्छ भन्ने कुरा चाँहि वर्ग संघर्ष गर्नु पर्छ, वर्गसंघर्षका लागि आफ्नै पार्टी निर्माण गर्ने प्रक्रिया अघि बढाउनु भयो । त्यसका साथै वर्ग संघर्ष एउटा चरणमा प्रवेश गरी सकेपछि सशस्त्र संघर्षमा जानै पर्छ र सशस्त्र संघर्षले मात्र क्रान्तिको छिनोफानो गर्दछ भन्दै माक्र्सले के भन्नु भएको छ भने इतिहासबाट प्राप्त शिक्षा जस्तै ः फ्रान्सको वर्गसंघर्ष, पेरिस कम्युन शिक्षा लिदै उहाँले सर्वहारावर्गको अधिनायकत्व आवश्यक हुन्छ भन्नु भयो । साथै सर्वहारावर्गको अधिनायकत्व किन आवश्यक हुन्छ भन्ने कुरामा माक्र्सले ८ चारवटा कुरा अगाडि सार्नु भयो । नम्बर एकमा वर्गविभेद अन्त्य गर्नका लागि, नम्बर दुईमा वर्ग विभेद उत्पन्न हुने उत्पादन सम्बन्धमा आधारित सामाजिक सम्बन्धहरूको उन्मूलन गर्नका लागि र चार नम्बरमा सामाजिक सम्बन्धबाट पैदा हुने विचारहरू जो छन् तिनीहरूलाई क्रान्तिकरण गर्नका लागि सर्वहारा वर्गको अधिनायकत्व हुने कुरा माक्र्सले स्थापित गर्नु भयो । अन्त्यमा पुँजीवादबाट समाजवाद हुँदै साम्यवादमा पुग्नका लागि संक्रमणकाल हो भनेर विश्व सर्वहारा श्रमजीवी वर्गलाई यिनै दर्शनहरू माक्र्सले जुन दिनु भयो । यी तत्वहरू नै माक्र्सका मूख्य योगदान हुन् ।

जहाँ सम्म माक्र्सवादको प्रयोगको कुरा छ, त्यसमा माक्र्सवादको पहिलो प्रयोग पेरिस कम्युनमा गएर भयो । ऐतिहासिक भौतिकवादले जुन वर्ग संघर्ष सशस्त्र संघर्ष र सर्वहारावर्गको अधिनायकत्व मान्यता र नियमलाई स्थापित गरेको छ, त्यसमा पेरिस कम्युनमा गएर पहिलो पटक कार्यान्वयनमा आयो । पेरिस कम्युन इतिहासको एउटा परिघटना थियो, पेरिस कम्युनका वारेमा अन्तर्राष्ट्रिय थुप्रै डकुमेन्टहरू, आएका छन्, मूल्याङ्कन गरिएका छन् । पेरिस कम्युन छोटै अवधिसम्म मात्र टिकेको भए पनि त्यो विश्व सर्वहारावर्गको महान् आदर्श थियो ।

ऐतिहासिक भौतिकवाद त्यसको सारतत्व वर्गसंघर्ष, सशस्त्र संघर्ष र सर्वहारार्वगको अधिनायकत्व सम्बन्धि मान्यता जुन माक्र्सले कम्युनिष्ट घोषणापत्रबाट शुरु गर्नु भएको थियो, पेरिस कम्युनको संश्लेषण गर्ने बेलासम्म ऐतिहासिक भौतिकवादका महत्वपूर्ण सिद्धान्तहरू परिपक्क भएर, आएको देखिन्छ । उदाहरणका लागि कम्युनिष्ट घोषणापत्रमा सर्वहारावर्गको अधिनायकत्व भन्ने शब्द छैन । शासक वर्गका रूपमा संगठित सर्वहारा वर्ग भन्ने छ । त्यसलाई अलि पछि गएर फ्रान्समा वर्ग संघर्ष लेख्ने क्रममा संगठित सर्वहारा वर्ग भन्ने छ । त्यसलाई अलि पछि गएर फ्रान्समा वर्ग संघर्ष लेख्ने सिलसिलामा त्यही सर्वहारावर्गको अधिनायकत्वसंग सम्बन्धित कुरामा अलिपरसम्म माक्र्स जानु भयो । पछि गएर अठारौं ब्रुमेयरमा जाँदाखेरी अब सर्वहारावर्गले संघर्ष ग¥यो भने पुरानो राज्यसत्तालाई चक्नाचुर पारेर नयाँ राज्यसत्ता ल्याउँछ भन्ने मान्यता माक्र्सले विकसित गर्नु भयो । त्यसरी ठयाक्कै पेरिस कम्युनमा जाँदा खेरी पहिलो कुरा माक्र्सले के भन्नु भयो भन्दा पेरिस कम्युन कार्यनीतिक रूपमा संसदीय होइन् । गैरसंसदीय व्यवस्थाले दोस्रो नम्वरमा पेरिस कम्युनले के ग¥यो भने पहिलेसम्म त राज्यसत्ता ध्वस्त पार्ने होइन एउटा वर्गको हातवाट अर्को वर्गको हातमा लिने कुरा हो भनिन्थ्यो तर जब पेरिस कम्युनमा पुगेपछि सर्वहारावर्गले पुरानो राज्यसत्ता ध्वस्त पारेर नयाँ राज्यसत्ता स्थापना गर्नुपर्छ भन्ने कुरा ल्याई दियो । तेस्रो कुरा त्यो सर्वहारावर्गको अधिनायकत्वको प्रयोगको कुरा थियो । त्यसपछि सर्वहारावर्गको अधिनायकत्व के हो भन्ने कुराको जवाफमा पेरिस कम्युनमा गएर हेर है भन्ने सम्मको अवस्था भयो । यसको अर्थ के हो भने कम्युनिष्ट घोषणापत्रदेखि लिएर ऐतिहासिक भौतिकवादको मान्यता वर्गसंघर्ष, सशस्त्र संघर्ष र सर्वहारावर्गको अधिनायकत्वको मान्यतालाई पेरिस कम्युनसम्म जाँदा के कुरा पुष्टि भयो भने कम्युन त सकियो तर माक्र्सले के भन्नु भयो भने भने कम्युन जस्तै गरियो भने त्यो समाप्त भयो भने पनि “कम्युनले जुन सर्वहारावर्गको मुक्तिको आदर्श थालनी गरेको थियो त्यो मर्दैन । जबसम्म एउटा उत्पीडित वर्ग मुक्त हुँदैन तवसम्म पेरिस कम्युन बारम्वार ब्युँझिदै जानेछ” भन्नु भयो । माक्र्सले भनेजस्तै सन् १९१७ मा रुसको महान् अक्टुवर क्रान्तिमा पेरिस कम्युन नयाँ ढंगले देखा प¥यो । त्यस्तै चीनमा महान नयाँ जनवादी क्रान्ति हुँदै संसारका विभिन्न मुलुकहरूमा थुप्रै क्रान्तिहरू सम्पन्न भए । ती क्रान्तिहरूमा को प्रक्रियामा पेरिस कम्युन देखा प¥यो । सारमा के थियो भने माक्र्सले ऐतिहासिक भौतिकवादको जुन संश्लेषण र गर्नु भएको थियो त्यो पेरिस कम्युन हो भन्ने पुष्टि हुन पुग्यो ।

माक्र्सवाद सर्वहारावर्गक्रान्तिको विज्ञान हो । माक्र्सवाद परिवर्तनशील ९म्थलबmष्अ० सिद्धान्त पनि हो । यसको सृजनात्मक ढंगले विकसित हुँदै अगाडि बढ्छ । माक्र्स स्वयंले के भन्नु भएको थियो भने “माक्र्सवाद कुनै जडसूत्र होइन, यो कार्यमा पथप्रदर्शक सिद्धान्त हो” भनेर भन्नु भएको थियो । त्यस अनुसार माक्र्सको बेला जुन अवस्था देखा परेको थियो त्यो अवस्थामा माक्र्स–एंगेल्सले के वताउनु भएको थियो भने युरोपका केही देशहरू, जर्मनी, वेलायत, देशहरूमा क्रान्ति हुन सक्छ । समाजवाद आउन सक्छ र पुँजीवादको विकास भए पछि संभार भर एकै साथ समाजवाद आउँछ र समाजवादमा पुग्ने ढोका खोल्छ भन्ने कुरा माक्र्स एंगेल्सले वताउनु भएको थियो । तर सन १९०० पछि बीसांै शताब्दीको शुरुवातसम्म आइ पुग्दा पुँजीवाद सडेगलेको पूँजीवाद भन्नु साम्राज्यवादलाई र समाजवादी क्रान्तिका लागि आवश्यक पूर्वाधारहरू तयार, भएका कुनै एउटै देशमा समाजवादी क्रान्ति गरेर, साम्यवादतिर अगाडि बढ्ने संश्लेषण गर्नु भयो ।

पूँजीवादले साम्राज्यवादमा प्रवेश गर्नु, उत्पादक शक्ति, सर्वहारा आन्दोलन तथा ज्ञान–विज्ञानको विविध क्षेत्रमा थप विवाद हुँदै जानु यस प्रकारको नयाँ परिस्थिति अनुरूप माक्र्सवादलाई नयाँ उचाइमा विकसित गर्नु पर्ने ऐतिहासिक आवश्यकताको विचबकाट लेनिनद्वारा लेनिनवादको प्रतिपादन भयो । प्रकृति विज्ञानमा प्रगति हुँदै जानु, इलेक्ट्रोनको खोज भयो, सापेक्षतावादको सिद्धान्त प्रकाशमा आयो । त्यो स्थितिमा कैयौ आदर्शवादी प्रकृति वैज्ञानिक र दार्शनिकहरूले ‘पदार्थ लोप भयो’ भन्दै भौतिकवादमाथि प्रहार हुन थाल्यो । एकातिर यो परिस्थिति र अर्कोतिर साम्राज्यवादको जन्मका कारण मजदुर आन्दोलनमा अभिजात वर्गको प्रादुर्भावबाट संशोधनवाद प्रकट भयो र त्यसले माक्र्सवादको गम्भीर तोडमोड गर्न थाल्यो । साम्राज्यवाद र संशोधनवादको चिरफार गर्दै क्रान्तिका कामहरूलाई अगाडि वढाउनु पर्ने आवश्यकताको परिपूर्ति लेनिनवादवाट हुन पुग्यो । त्यही परिस्थितिमा माक्र्सवादको ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै लेनिनले रुसमा पुँजीवादी जनवादी तथा समाजवादी क्रान्ति सम्पन्न गरेर माक्र्सवाद का सफल प्रयोग गर्नु भयो । अर्थात लेनिनकै नेतृत्व सन् १९१७ अक्टुवर २५ का दिन महान् रुसी अक्टुवर समाजवादी सम्पन्न गर्नु भयो । महान् ससी अक्टुवर समाजवादी क्रान्ति एउटा युगान्तकारी परिघटना थियो । अक्टुवर क्रान्तिले नयाँ युगको सूत्रपात गरेको थियो । त्यसको प्रभाव विश्वभरका सर्वहारा श्रमजीवी वर्ग र उत्पीडित राष्ट्रहरूमा पर्न गयो । संसारका धेरै मुलुकहरूमा लगातार रूपमा कम्युनिष्ट पार्टिहरू स्थापना हुन पुगे । सन् १९४९मा माओत्सेतुङको नेतृत्वमा चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । कोरिया, भियतनाम, कम्बोडिया, क्यूवा आदि देशमा जनवादी तथा समाजवादी क्रान्तिहरू सम्पन्न भए । पूर्वी युरोपका २० औं देशहरूमा रुसी मोडेलको समाजवाद स्थापना हुन पुग्यो । यसरी पेरिस कम्युन हुँदै यहाँ सम्म पृथ्वीको बहुमत हिस्सा र जनसंख्यामा क्रान्तिहरू सम्पन्न भए । यसरी माक्र्सवादको सफल प्रयोग भयो । यद्यपी रुस, चीन लगायतका समाजवादी देशहरूमा प्रतिक्रान्ति हुन गयो र पुँजीवादको पुनस्थापना हुन भयो । यसले विश्व कम्युनिष्ट आन्दोलन र विश्व समाजवादी शिविर रक्षात्मक स्थितिमा पुग्यो । तर यी परिघटनाहरू क्षेणिक हुन् । त्यसपछि पेरु, नेपालमा सशस्त्र जनयुद्धहरू संचालन भए । क्रान्तिको सफलताको नजिकै पुगिसकेकै बेला क. गोन्जालोको गिरफ्तारीका कारण पेरुको क्रान्तिले सेडव्याग खान पुग्यो भने, नेपालमा दश वर्षसम्म संचालन गरिएको जनयुद्धले त्यसको मुख्य नेतृत्वमा वैचारिक विचलन पैदा भएर त्यसले वर्गीय र राजनीतिक रूपमा देशी विदेशी प्रतिक्रियावादी एवं साम्राज्यवादी तथा विस्तारवादीहरूका सामु आत्मसमर्पण गरेर नवसंशोधनवाद को वाटो हुँदै प्रतिक्रियावादमा पतन मात्र होइन, प्रतिक्रियावादी सत्ताको नेतृत्व समेत गर्न पुगे पछि महान् १० वर्ष जनयुद्धले गंभीर प्रकारको धोका खानु परेको छ । तर पनि माओवादी आन्दोलन भित्रबाट महान् नेपाली जनवादी क्रान्तिका कार्यभारहरू पुरा गर्ने उद्देश्यले क्रान्तिकारी माओवादी पार्टीहरू पुनगर्ठन गरेर क्रान्तिको तयारीको कामलाई अगाडि वढाउने कार्य भइरहेका छन् । नेपाली क्रान्ति आवश्यक भनिन्छ ।

भारतमा सशस्त्र जनयुद्ध सशक्त रूपमा संचालन भइरहेको छ । फिलिपिन्सका माओवादीहरूले सशस्त्र जनयुद्ध संचालन गरिरहेको छन् । टर्कीमा पनि त्यहाँका माओवादीहरूले सशस्त्र जनयुद्धको थालनी गर्ने तयारी गरिरहेको अवस्था छ ।

माक्र्स–एंगेल्सको माक्र्सवादको जन्म, विकास र रक्षामा ज्यादै महत्वपूर्ण योगदान पु¥याउनु भयो । माक्र्सवादको जन्मसँगै संशोधनवादको जन्म र विकास भएर आयो । माक्र्सको समयमा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा अन्तर्विरोध माक्र्सवाद र अराजकतावादका विचमा थियो । माक्र्सकै समयमा माक्र्स र बाकुनिनवीच संघर्ष चल्यो । यो संघर्ष माक्र्सवाद र अराजकतावादका वीचको संघर्ष थियो । कार्ल माक्र्सले बाकुलिननको अराजकतावादी प्रवृत्ति संग संघर्ष गर्नु परेको थियो ।
बाकुनिनले पहिलो अन्तर्राष्ट्रिय (सन् १८६४–१८७६) मा घुसेर अन्तर्राष्ट्रियको केन्द्र कब्जा गर्ने खोजेका थिए र माक्र्सका विरुद्ध भीषण संघर्ष छेडेका थिए । आफ्नो विघटनकारी हर्कतका कारण बाकुनिनलाई सन् १८७२ को हेग कांग्रेसमा पहिलो अन्तर्राष्ट्रियबाट निष्काशन गरिएको थियो । पहिलो अन्तर्राष्ट्रियको विघटनको मुख्य कारण अराजकतावाद थियो ।

कार्ल मार्क्स को संघर्ष आफ्नो समयमा बाकुनिन संग मात्र सिमित रहेन, उहाँले निम्न पूँजीवादी अराजकतावादी प्रुँधो संग पनि संघर्ष गर्नु परेको थियो । प्रँधोको फ्रान्सीसी अराजकतावादी माक्र्सवाद विरोधी निम्न पूँजीवादी समाजवादी मत थियो । प्रँुधोवादका विरुद्धको संघर्ष प्रथम अन्तर्राष्ट्रियमा माक्र्सवादको विजयसँगै सम्पन्न भएको थियो । माम्र्स–एंगेल्सले भीषण संघर्षको वीचवाट माक्र्सवादको विकास र रक्षा गरेर ठूलो योगदान गर्नु भएको थियो । र संघर्षकै वीचवाट क्रान्तिकारी माक्र्सवादको विकास भएको हो । यस विषयमा फ्रेडरिक एंगेल्सले भन्नुभएको छ–“सर्वहारा वर्गको विकास जहाँ कहीँ पनि आन्तरिक संघर्षको वीचबाट नै अगाडि बढ्छ, जस्तो कि माक्र्स र म आफैले पनि अरु कसैसँग भन्दा बढि नक्कली समाजवादीहरूका विरुद्ध जीवनमा कठिन लडाइ लडेका थियौ ।”

यस अतिरिक्त कार्ल मार्क्स ले लगातार १५ वर्ष लगाएर महान् कृति ‘पूजी’ लेख्नु भएको थियो । विश्व सर्वहारावर्गका महान् नेता कार्ल माक्र्स शुटमा तरुणहेगेल्सपन्थीका सम्पर्कमा रहनु भयो । सन् १८४१ मा डेमोक्रेटिक्सको प्रकृति दर्शन र एपिक्युरसको प्रकृति दर्शनका वीचको अन्तर भन्ने विषयमा डाक्टर विद्यावारिधिको उपाधि पाउनु भएको थियो । सन् १८४४ मा फायरवाखको भौतिकवादी दर्शनको वाटो हुँदै क्रान्तिकारी जनवादबाट सर्वहारा विश्वदृष्टिकोणमा संक्रमण र पहिलो लेखको रूपमा हेगेलको न्याय दर्शनको समिक्षा र यहुदी प्रश्नको सम्बन्ध भन्ने लेखमा समाजमा सर्वहारावर्गको भूमिका के हुनुपर्छ भन्ने वारे प्रष्ट पारेका थिए । सन् १८४४ मा आर्थिक, दार्शनिक पाण्डुलिपीहरू, सन् १८४५ मा एंगेल्ससँग पवित्र परिवार फायरवाद माथि एउटा निबन्ध सन् १८४५ मा जर्मन विचारधारा नामक कृति माक्र्स एंगेल्सले लेख्नु भएको थियो । सन् १८४७मा पियरे पँ्रुधोद्वारा लिखित माक्र्सवाद विरोधी दरिद्रहरूको दर्शन को खण्डन गर्दै दर्शनको दरिद्रता सन् १८४८मा कम्युनिष्ट घोषणापत्र जस्ता महत्वपूर्ण कृतिहरूको रचना गर्नु भएको थियो । त्यस्तै सन् १८४८–१८५० मा फ्रान्समा वर्ग संघर्ष, सन् १८५० मा वुर्जुवा राजतन्त्र ध्वंस हुनुपर्ने अपरिहार्य आवश्यकताको सम्बन्धमा लूइबोनापार्टको १८ औं ब्रुमेर, सन् १८५२ मा ‘गोथाकार्यक्रमको आलोचना’ र सन् १८७५ मा पेरिस कम्युनजस्ता महत्वपूर्ण कृतिहरूको रचना गर्नु भयो । सन् १८६७ मा माक्र्सले पूँजी को रचना गर्नु भयो । यस महान् ग्रन्थको तेस्रो खण्डको प्रकाशन भने सन् १८८३ कार्ल मार्क्स को मृत्युको दुई वर्षपछि सन् १८८५ मा एंगेल्सले प्रकाशित गरि दिनु भयो ।

कार्ल मार्क्स का मननीय उक्तिहरू यस प्रकार रहेका छन् ः
ड्ड हामीले त्यस्तो पेशा रोज्नुपर्छ, जसबाट मानव जातिको बढी सेवा गर्न सकियोस् । हामी यस पेशाको थिचाइमा परेर निराश हुन्नौं किनभने यो आम हितको लागि गरिने त्याग हो । त्यसबेला हामीले कुनै तुच्छ, संकीर्ण, अहंकारपूर्ण उल्लासको अनुभव गर्ने छैनौं । लाखौं मानिसको सुख नै हाम्रो सुख बन्नेछ ।

साँच्चै भन्ने हो भने म सबै महान देवताहरूलाई घृणा गर्छु । आकाश–पातालका सबै देवताहरूका विरुद्ध संघर्ष गर्नु नै प्रगतिशील दर्शनशास्त्रको उच्चतम आदर्श हो ।
ड्ड धर्म जनताको लागि अफिम हो ।
ड्ड कुनै मेशिन आफै पूँजी बन्न सक्दैन । मेशिन त्यसबेलासम्म पूँजी बन्दैन, जबसम्म यो अर्काको श्रमको शोषण गरी पूँजीजीविको सेवा गर्ने सामाजिक शक्तिमा परिणत हुँदैन ।
ड्ड त्यो राष्ट्र कदापि स्वतन्त्र हुन सक्दैन, जसले अन्य राष्ट्रको उत्पीडन गर्दछ ।
ड्ड वर्तमान अतीतको सन्तान र भविष्यको जननी हो ।
ड्ड कम्युनिष्टहरू त्यस्तो निजी सम्पत्ति उन्मूलन गर्नचाहँदैनन्, जुन मानिसहरूले आफ्नै परिश्रमले कमाएका छन् । उनीहरू यस्तो सम्पत्ति उन्मूलन गर्न चाहन्छन्, जसले पराई श्रमको शोषण गर्ने सम्भावना प्रदान गर्दछ । (कम्युनिष्ट घोषणापत्र)
ड्ड जब राजगद्दीले प्रतिक्रान्ति गर्छ, जनताले क्रान्तिद्वारा यसको जवाफ दिने अधिकार राख्दछन् ।
ड्ड ती जनता जो स्वतन्त्र बन्न चाहन्छन्, आफूलाई युद्धका सामान्य तरीकाहरूमा नै सीमित राख्न सक्दैनन् । आम बिद्रोह, क्रान्तिकारी संग्राम, यत्रतत्र छरिएका छापामार दलहरू यिनै तरीकाले मात्र अल्पसंख्यक जनताले ठूलो राष्ट्रमाथि विजय प्राप्त गर्न सक्छन् । यिनै तरीकाले मात्र कमजोर सेनाले बढी शक्तिशाली र बढी सुसंगठित सेनालाई जित्न सक्छ ।
ड्ड एकपटक क्रान्तिको बाटोमा पाइला टेकेपछि पराजयबाट समेत नयाँ शक्ति संगालिँदोरहेछ र यस्ता मान्छेहरू जति–जति इतिहासको प्रवाहमा बग्दै जान्छन्, त्यत्तिकै उनीहरू दृढ हुँदै जाँदा रहेछन् ।
ड्ड विदेशी भाषा जीवन संघर्षको लागि हतियार हो ।
ड्ड मजदूरहरूसँग सफलताको एउटा तत्व छ, त्यो हो संख्या । परन्तु संख्या तबमात्र निर्णायक हुन्छ जब जनसाधारण संगठनमा एकतावद्ध हुन्छन् र ज्ञानले उनीहरूको नेतृत्व गर्छ ।
ड्ड आजसम्मको समाज विकासको इतिहास मूलतः वर्गसंघर्षको इतिहास हो ।
ड्ड अवश्य पनि लेखकले जीविकोपार्जन गर्नुपर्छ ताकि ऊ बाँच्न र लेख्न सकोस् । तर यस्तो कहिल्यै हुनुहुँदैन कि ऊ धन कमाउनकै लागि बाँचोस् र लेखोस् ।
ड्ड सर्वहारावर्ग पूँजीवादी समाजको चिहान खन्ने मलामी हो ।
ड्ड विज्ञानमा फराकिलो सम्म परेको बाटो हुन सक्दैन । त्यही मात्र विज्ञानको उज्ज्वल टाकुरासम्म पुग्न सक्छ । जो थकाइको त्रासविना यसको ढुंगैढुंगा भएको गोरेटोमा घिस्री–घिस्री अघि बढ्न तयार हुन्छ ।
ड्ड नयाँ संकटपछि मात्र नयाँ प्राप्तिको प्रादूर्भाव हुनसक्छ । माक्र्स एंगेल्स) ।
ड्ड साहित्य यथार्थवादी हुनुपर्छ । साहित्यले यथार्थ जीवनको चौतर्फी र गहन चित्रण गर्नुपर्छ ।

आज कार्ल मार्क्स को मृत्यु भएको १३५ वर्ष पूरा भएको छ भने एंगेल्सको मृत्यु भएको १२३ वर्ष पुरा भइसकेको छ । र, माक्र्सको जन्म भएको २०० वर्ष पुरा भइसकेको छ र विश्वभरका सर्वहारा श्रम जीवी वर्गले माक्र्सको २०० औं वर्ष गाँठ भनाइरहेका छन् । “मान्छेले मान्छेमाथि गर्ने सबै खाले शोषण, उत्पीडनको सदाको लागि अन्त्य गर्ने” महान विचार दिनु हुने माक्र्स एंगेल्सको प्रासंगिता आज पनि उत्तिकै छन् र मानव जातिले मानववाटै हुने सबैखाले शोषण उत्पीडनको अन्त्य नभएसम्म रहीरहने छ ।

विश्वका तमाम खाले बौद्धिक एवं दार्शनिक सर्वेक्षणले कार्ल मार्क्स लाई सन् १००० देखि २००० सम्मको अवधिका सहस्राब्दी पुरुष मानेका छन् ।

विश्व सर्वहारावर्गका महान गुरु तथा नेता र वैज्ञानिक साम्यवादका सिद्धान्तकार कार्ल मार्क्स ले सन् १८८३ माक्र्स १४ का दिन दिउँसो २ बजेर ४५ मिनेट जाँदा अन्तिम स्वास फेरेर भौतिक रूपमा यस धरतीबाट विदा लिनु भएको थियो।

(लेखक मार्क्सवादी चिन्तक, विश्लेषक, लेखक एवं कम्युनिष्ट नेता हुनुहुन्छ)

जागरणपोस्टलाई फेसबुकट्विटरटिकटक  र  युट्युवमा फ्लो गर्न सक्नुहुनेछ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६