जनकपुरमा फेरि बम भेटियो

जागरणपोस्ट २९ मंसिर २०७६, आईतवार २२:५०

जनकपुरधाम उपमहानगरपालिका ९ स्थित संकटमोचन मन्दिरदेखि पश्चिम बागवानी जाने बाटो तर्फ खाली जग्गामा प्रेसर कुकर बमजस्तै देखिने शंकास्पद वस्तु देखिएपछि प्रहरीले सुरक्षा सतर्कता अप्नाएको छ । प्रेसर कुकर बमजस्तो वस्तु भित्तामा राखेको स्थानीयवासीले देखेपछि प्रहरीले सो क्षेत्रमा करिब २ घन्टा देखि आवागमन नै ठप्प पारेको हो ।

करिब राति ९ बजे स्थानीयवासीहरुले भित्तामा प्रेसर कुकर राखेको देखेपछि बमको शंका गर्दै प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले जानकारी पाएपछि सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्दै नेपाली सेनालाई बोलाएको छ ।

यता प्रेसर कुकरजस्तो वस्तु देखिएकाले शंकास्पद लागेर आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ । सो वस्तु कुकर बम भएको अशंका भएकोले आवतजावतमा रोक लगाइएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए ।

शनिबार धनुषास्थित महेन्द्रनगर बजारमा एक व्यवसायीको घरमा बम बिस्फोट हुदा एक प्रहरी निरीक्षक सहित ३ जनाको मृत्युका र ४ जना घाइते भएका थिए ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६