आज रिहा हुँदैछन भारतिय बायुसेवाका पाईलट

जागरणपोस्ट १७ फाल्गुन २०७५, शुक्रबार ०२:५७

पाकिस्तानी वायूसेनाले कब्जामा लिएका भारतीय पाइलट अभिनन्दन वर्तमान रिहा हुने भएका छन् । पाकिस्तानी प्रधानमन्त्री इमारान खानले संसदमा संवोधन गर्दै यस्तो घोषणा गरेका हुन्
हिजो पाकिस्तानले आफ्नो क्षेत्रमा आएको भारतीय लडाकु बिमानमाथि आक्रमण गरेर खसालेको थियो । यस क्रममा पाइलट अभिनन्दन पक्राउ गरेका थिए । भारतले उनलाई छुटाउन कुटनीतिक प्रयास गरेको थियो ।
संसदमा बोल्ने क्रममा प्रधानमन्त्री खानले ‘पिस गेस्चर ९शान्ति संकेत०’ का रुपमा पाइलटलाई रिहा गर्न लागिएको बताए । यससँगै भारतमा खुशी छाएको छ ।

बुधबार पाकिस्तानले आफ्नो आकाशमा आएको भारतीय विमानलाई आक्रमण गरेको थियो । विमान पाकिस्तानी इलाकामा खसेपछि पाइलट अभिनन्दन पक्राउ परे । तर, उनी पक्राउ पर्दाको विस्तृत विवरण भने बाहिर आएको थिएन ।

बीबीसीले पाकिस्तान प्रशासित काश्मिरको भिम्बर जिल्लास्थित होर्रान गाउँमा पुगेर एक प्रत्यक्षदर्शीसँग कुराकानी गरेको छ । उक्त गाउँका सरपञ्च मोहम्म रजाक चौधरीले बीबीसीसँग घटनाक्रम यसरी वर्णन गरेका छन् :
भिम्बर जिल्लामा नियन्त्रण रेखाभन्दा सात किलोमिटर टाढा होर्रान गाउँका मानिसहरुले आकाशमा लडाकु विमानहरुको छिनाझप्टी देखे । हेर्दाहेर्दै दुई विमान आपसमा ठोक्किए र एउटा तीव्र गतिमा नियन्त्रण रेखाभन्दा पारी गयो । अर्को चाहिँ आगो लाग्यो र तल खस्यो ।
विमानमा आगो लाग्नुअघि नै पाइलट अभिनन्दन वर्धमानले प्यारासुट खोलेर हाम्फालिसकेका थिए । उनी सुरक्षित र सकुशल थिए । तत्काल गाउँका मानिसहरुले उनलाई घेरिहाले । प्यारासुटमा भारतीय झण्डा भएकाले उनी भारतीय हुन् भनेर चिन्न कठिन भएन तर, अभिनन्दनले भेउ पाउन सकेनन् कि यो पाकिस्तान हो या भारत ।
उनले जम्मा भएका गाउँलेहरुलाई सोधे, ‘यो भारत हो कि पाकिस्तान ?’
एक चलाख युवाले भनिदिए, ‘भारत हो भारत ।’
त्यसपछि अभिनन्दन ठूलो स्वरले चिच्याउँदै ‘जय भारत माता’ भन्दै नारा लगाउन थाले । आफ्नो भूमिमा भारतको जयगान गरेपछि गाउँलेहरु आक्रोशित भए र पाइलटलाई ढुंगा हाने । अनि बल्ल अभिनन्दनलाई थाहा भयो कि पाकिस्तानी भूमिमा छु भन्ने ।
त्यसपछि उनले आफ्नो बन्दुक निकाले र गाउँलेहरुतर्फ तेस्र्याउँदै भाग्न थाले । गाउँलेहरु बन्दुकसँग नडराई उनको पिछा गरे । अभिनन्दन एउटा तलाउमा हाम्फाले । अनि आफूसँग भएको केही कागजात खल्तीबाट निकालेर पानीमा डुबाइदिए ।
एकैछिनमा गाउँबासीले उनलाई नियन्त्रणमा लिएर पिट्न थाले । उनको शरीरभरी चोट लाग्यो र रगत बग्न थाल्यो । तर, केहीबेरमै पाकिस्तानी सेना त्यहाँ आयो र गाउँवासीहरुलाई रोक्यो । अनि अभिनन्दनलाई पक्राउ गरेर लग्यो।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८