ब्रेकिङ न्युज:

जनताले मलाई प्रधानमन्त्रीको रुपमा देख्न चाहेका छन- बामदेव गौतम

जागरणपोस्ट १९ पुष २०७६, शनिबार १५:४१

सत्तारुढ नेपाल कम्युनिस्ट (नेकपा) का प्रस्तावित उपाध्यक्ष बामदेव गौतमले राष्ट्रियसभाका सदस्यले पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्ने बचनबाट अध्यक्ष प्रचण्ड ‘ब्याक’ भएपछि आफू उम्मेदबार नबनेको खुलासा गरेका छन् ।

नेकपा सचिवालय बैठकमा संविधान संशोधनको प्रस्ताव राखेका गौतमले आफ्नो कुरालाई प्रधानमन्त्री केपी ओलीले पहिले नै अश्वीकार गरे पनि प्रचण्ड चाहिँ शुरुमा दिएको आश्वासनबाट अहिले आएर पछि हटेको बताए ।

अनलाईनखबरसंग विशेष कुराकानीको सन्दर्भमा गौतमले दुवै अध्यक्ष संविधान संशोधन गर्न तयार नभएपछि आफू राष्ट्रियसभामा जान नचाहेको बताएक छन।
तर, गौतमले तत्कालै केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाएर आफू बन्न नखोजेको समेत प्रष्ट पारेका छन् ।

ओलीले आफू तीनै वर्ष प्रधानमन्त्री हुने र अब मृगौला पुनः प्रत्यारोपणपछि थप सक्रिय हुने बताएपछि आफू पछि हटेको पनि गौतमले बताए । उनले भने, ‘संविधान संशोधन नै गरेको भए पनि म तत्कालै राष्ट्रियसभामा जाने होइन । भोलि प्रधानमन्त्री बन्नुपर्ने अवस्थामा मात्र जाने भनेको हो । केपी कमरेडलाई हटाएर बन्ने त कुरै होइन- उक्त अन्तर्वार्तामा बामदेवले खुलासा गरेका छन।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

बालअधिकारको ग्यारेण्टी गर

नेताहरुको स्वागतको लागी जवर्जस्ती बालबालिकाको प्रयोग गम्भिर बालअधिकारको उल्लंघन हो। प्रदेश नं. २ अन्तर्गत बाराको कलैयामा प्रधानमन्त्री उपस्थित हुने सभामा आज गाडीका गाडी बालबालिका ओसारिएको

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४

विशेष सम्पादकीय – यौटा नालायकीपनाको पटाक्षेप

जागरणपोस्ट ५ पुष २०७७, आईतवार १६:००

संवैधानिक राजतन्त्र अर्को विकल्प

जागरणपोस्ट २१ मंसिर २०७७, आईतवार १०:११