२०१८ मा राम्रै उपलब्धि भयो, २०१९ मा विकास र समृद्धिले फड्को मार्छः प्रधानमन्त्री ओली

जागरणपोस्ट १७ पुष २०७५, मंगलवार १४:१९ अन्तर्वार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ मा समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

अङ्ग्रेजी नयाँ वर्ष २०१९ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अर्को नयाँ वर्षको सङ्घारमा पुग्दासम्म जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने अभियान सार्थक विन्दुमा पुग्ने बताएका छन् । प्रधानमन्त्रीले आफ्नो शुभकामना सन्देशमा भनेका छन् “

निर्वाचनमार्फत प्रकट जनचाहनालाई शिरमा राख्दै मैले पटक पटक सङ्कल्प गरेको छु– जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन दिने छैन । सरकारको यस अभियानमा सम्पूर्ण पेशा, क्षेत्र, वर्ग र समुदायका दिदीबहिनी दाजुभाइको साथ रहनेछ भन्ने मैले अपेक्षा गरेको छु । ”

प्रधानमन्त्री ओलीले सन् २०१८ संविधान कार्यान्वय र संक्रमणकाल अन्त्यको वर्ष भएको बताएका छन् । प्रधानमन्त्री ओलीले सन् २०१८ लाई राजनीतिक उपलब्धिको वर्ष पनि भनेका छन् ।

“जननिर्मित नयाँ संविधानअनुसार निर्वाचनका माध्यमबाट तीनै तहका सरकार गठन भई बितेको वर्षमा राजनीतिक सङ्क्रमणकालको अन्त्य भयो ”, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् “सङ्क्रमणकालीन संशयहरुलाई चिर्दै ‘समृद्ध नेपाल–सुखी नेपाली’को सङ्कल्पसहित हामी विकास र समृद्धिको महाअभियानमा अभिमुख छौंँ । राजनीतिक सङ्घर्ष र व्यवस्थापनको बहसबाट सिङ्गै समाज विकास र समृद्धिको बहसतर्फ केन्द्रित रहन सक्यो । ”

प्रतिक्रिया दिनुहोस्

खोज्नुहोस्

सम्पादकीय

सबै हेनुर्होस

भ्युटावर समृद्धि कहिलेसम्म?

  मुलुक संघिय संरचनामा गैसकेपछि अहिले स्थानीय र प्रदेश सरकारको भ्युटावरमोह देखेर उदेक लागेर आऊँछ। कामकुरो एकातिर, कुम्लो बोकी ठिमितिर भनेझैं गाईबस्तु चराऊन, घाँसदाऊरा गर्नजाँदा सिंगो धर्ती देखिने उंचो स्थानमा भ्युटावर बनाएर यी निकायले अझ

जागरणपोस्ट ६ मंसिर २०७७, शनिबार ०९:४५

बुटवल-भैरहवा सडकमा ट्राफिक बत्तिको ब्यवस्था गर

जागरणपोस्ट ४ मंसिर २०७७, बिहीबार ०८:४७

कोरोनासंगको युद्धमा राज्य रमिते नबनोस

जागरणपोस्ट ११ कार्तिक २०७७, मंगलवार ०५:२०

सतर्कता अपनाऔं, बिजयादशमी मनाऔं

जागरणपोस्ट १० कार्तिक २०७७, सोमबार ०७:४०