सिपी मैनाली चढेको गाडी दुर्घटनाग्रस्त, अवस्था गम्भिर

जागरणपोस्ट १५ फाल्गुन २०७६, बिहीबार १५:५३

पूर्व उपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सीपी मैनाली चढेको कार महोत्तरीको बर्दिवासमा दुर्घटनाग्रस्त भएको छ ।

मैनाली र उहाँका परिवारका सदस्य रहेकाे कार बिहीबार दिउँसो महोत्तरीको बर्दीवास नगरपालिका वडा नं-३ कालापानीमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते हुनुभएका मैनालीकाे अवस्था गम्भीर रहेकाले उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डाै लैजान लागिएकाे इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएकाे छ ।

झापाबाट काठमाण्डौ आउँदै गरेको मैनाली चढेकाे बा ७ च २१२० नम्बरको कार बर्दिवासको वीपी राजमार्गको कालापानीमा विपरीत दिशाबाट आएको ना ४ च ७६६८ नम्बरको भ्यानसँग ठोक्किएको हो ।

कारमा मैनालीका छोरा सरोज मैनाली, बुहारी पूजा ढुंगाना मैनाली, नाति पी एन् मैनाली र कार चालक रामप्रसाद पौड्याल रहेकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार दुर्घटनामा सीपी मैनालीको खुट्टा, निधार र अनुहारमा गम्भीर चाेट लागेको छ । बुहारी पूजाको दुवै खुट्टा भाँचिएको छ । अरु सामान्य घाइते भएका छन्।

मैनाली बाहेक अन्य घाइतेहरूकाे बर्दिवास जनसेवा हस्पिटलमा प्राथमिक उपचार भइरहेको छ । मैनालीलाइ उपचारका लागि काठमाडाै लैजाने तयारी भैरहेकाे छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८