आर्टिकल लेखेकै भरमा त्रिविकै पदाधिकारीद्वारा धम्की !

जागरणपोस्ट १५ फाल्गुन २०७६, बिहीबार १७:३१

प्रकोप र मिडिया व्यवस्थापनामा अस्ट्रेलियाको क्विन्सल्यान्ड युनिभर्सिटी अफ टेक्नोलोजीबाट विद्यावारिधि गर्नुभएका डा. भरतराज पौडेलले केहिदिन अंघि यौटा अनलाईन मिडियामार्फत त्रिविमा प्राज्ञिक मर्यादाको खोजी शिर्षकमा एक लामो विश्लेषणात्मक लेख लेख्नुभएको थियो। उक्त लेखको विषयलाई लिएर त्रिभुवन विश्वविद्यालय पत्रकारिता व्यवस्थापन विभागका निर्देशक चिरञ्जीवी खनालले उक्त अनलाईन मिडियाका केहि पत्रकारलाई फोन गरेर `को हो त्यो भरतराज पौडेल भन्ने?´ ` उ त पहिलाको तनहुँको कांग्रेसको मान्छे हो´ त्यो पोस्ट हटाऊनुहोस´ जस्ता धम्की दिएको कुरा डा.पौडेलले बताऊनुभएको छ। डा.पौडेलसंगको म्यासेन्जर संवादमा उहाँले आफूलाई पनि नेपालबाट बारम्वार नचिनेको नम्बरबाट फोन आईरहेको, तर आफूले त्यस्ता नम्बर र धम्कीयुक्त भाषाको खासै प्रवाह नगर्ने बताऊनुभएको छ।

जिन्दगीमा सधै राजनीतिबाट अलग रहियो, ऐले आएर लेख लेखेकै भरमा कांग्रेसी बिल्ला भिराऊनु उदेकलाग्दो बताऊँदै जसले त्रिविमा सुधार होईन कि, पदको लडाईं लडेका छन, जसले त्रिविलाई निरन्तर बौद्धिक स्खलनको सिकार बनाएका छन, त्यस्ता ब्याक्तिले धम्कीयुक्त भाषा प्रयोग गर्दैमा त्रिवि सुधारको लागि आफ्नो वैचारिक वहसमा कमि नआऊने बताऊनुभएको छ। आफू पनि त्रिविको शुभचिन्तक रहेको र त्रिविलाई नजिकैबाट बुझेको हुनाले त्रिवि भित्रको भाँडभैलो सुधारका पक्षमा आफूले निरन्तर वैचारिक वहस गर्ने बताऊनुभएको छ।

वैचारिक वहसको समेत सामना गर्न नसक्ने त्रिविका अधिकारीहरुले कस्तो उत्पादन गर्लान र त्रिविलाई कहाँ पुर्याएर छोड्लान? यतातर्फ फेरि अर्को वहसको आवश्यकता देखियो।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८