मूख्यमन्त्री राउतले पाए `महामूर्ख´ को उपाधी

जागरणपोस्ट २६ फाल्गुन २०७६, सोमबार १८:४१

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई सोमबार जनकपुरबासीले ‘महामुर्ख’को उपाधि दिएका छन् ।

मिथिला नाट्यकला परिषद् (मिनाप) ले प्रत्येक बर्षको होलीमा प्रदान गर्दै आएको यो उपाधि यस पटक प्रदेशका मुख्यमन्त्री राउतलाई दिइएको हो । उपाधि महामूर्ख भनिए पनि समाजमा योगदान पुर्‍याइका व्यक्तिलाई दिने गरिएको छ ।

होलीमा मजाक शैलीमा महामुर्ख भनेर यो उपाधि मिनापले २०६१ सालदेखि नै प्रदान गर्दै आएको छ ।

मुख्यमन्त्री राउतले प्रदेशको समाजिक रुपान्तरणका लागि ‘बेटी पढाउ बेटी बचाउ’, ‘छोरी शिक्षा विमा’ सहितको अभियान चलाएको र दलित र महिलाको लागि आरक्षणको व्यवस्था गरेका कारण उनलाई यो उपाधि दिइएको मिनापले जनाएको छ।

मिनापले महामूर्खका साथै बिभिन्न पदवीबाट समाजका अगुवाहरुलाई सम्मान गर्दै आएको छ ।

जस अनुसार यस पटक पटमुर्खको उपाधि राजपाका प्रदेश सांसद मनिष सुमन, हराशंखको उपाधि प्रदेश सांसद रामअशिष यादवलाई, सिलौटा उपाधि नेकपा प्रदेश सांसद रामचन्द्र मण्डललाई, भभकौवा उपाधि राजपाका प्रदेश सांसद प्रमेश्वर साहलाई दिइएको छ ।

त्यसैगरी टुनमुसरी उपाधि जनकपुरधामकी उप–मेयर रीता झालाई, लोढाशंकर उपाधि पत्रकार महासंघ धनुषा शाखा अध्यक्ष अनिल मिश्रलाई, घरघुसना उपाधि मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीलाई, बेलगोबना उपाधि साहित्यकार रोशन जनकपुरीलाई दिइएको छ ।

बेस कुल्हैर उपाधि युवा अभियन्ता सुशील कर्णलाई, खाप सुरत उपाधि महोत्तरीको पिपरा नगरपालिका प्रमुख विक्रम चौधरीलाई, अदलबदली उपाधि पुनम झालाई र बज्रकिट उपाधि बलराम साहलाई प्रदान गरिएको छ ।

मिनापले भाषा, संस्कृति, कला, समाजिक रुपान्तरण, राजनीति जस्ता विद्यामा उत्कृष्ट प्रदर्शन गर्नेलाई प्रत्येक वर्ष महामुर्खको उपाधि प्रदान गर्दै आएको सचिव सन्दीप साहले बताए।

Facebook Comments

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५