बिबेक गाहा मगर
बारा// बारामा ९ सय थान लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। बाराको जितपुर सिमरा उपमहानगरपालिका २-स्थित नेपाल बिधुत प्रधिकरण अगाडी बाटोबाट उनीहरुलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा पर्सा बिरगंज महानगरपालिका-१५ का ३० बर्षीय जितेन्द्र कुमार आलम रहेका छन। उनले प्रेस लेखेको ना ६२ प ६२६७ नम्बरको मोटरसाइकल चलाएका थिए भने मोटरसाइकलको पछाडी नासिर भनेर चिनिने युवक बसेका थिए। मोटरसाइकलमा प्रेस लेखिएको ब्यानर टांगिएता पनि प्रहरिद्वारा चेकजांचको क्रममा उनीहरुसंग प्रेस आइडी भने नरहेको पाईएको छ। प्रेस आईडी देखाऊन नसकेपछि प्रहरिले उक्त मोटरसाइकलमा चेकजांच गर्दा लागुऔषध भेटिएको बारा प्रहरीले जनाएको छ। उनीहरुको साथबाट अवैध लागु औषध डाइजेपाम ३०० पिस, नुकिन ३०० पिस,केनारगन ३०० पिस गरि जमा ९००पिस लागुऔषध बरामद गरीएको र उनीहरुमाथी थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।