इथियोपियन एअरलाइन्सको बोइङ ७३७ विमान दुर्घटनामा परेको छ। केन्यातर्फ उडेको उक्त विमानमा १४९ जना यात्रु र ८ जना चालकदलका सदस्य रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
इथियोपियाको राजधानी आदिस अबाबाबाट केन्याको नैरोबीका लागि उडेको उक्त विमान उडेको केही मिनेटमा नै दुर्घटनामा परेको एपीले जनाएको छ।