इथियोपियाको राजधानी अदिस अबाबाबाट नैरोबीका लागि १४९ यात्रुसहित ८ जना चालकदलका सदस्य लिएर उडेको विमान दुर्घटनामा एकजना नेपालीको पनि मृत्यु भएको छ ।
दुर्घटनामा मृत्यु भएका नेपालीको पहिचान भने हुन सकेको छैन । विमानमा सवार सबैको ज्यान गएको पुष्टि भइसकेको छ ।
विमान दुर्घटनामा मृत्यु हुनेमा सबैभन्दा धेरै केन्याका रहेका छन् । केन्याका ३२ जनाले विमान दुर्घटनामा ज्यान गुमाएका छन् ।
इथियोपियाली विमान कम्पनीको बोइङ ७३७–८०० म्याक्स अदिस अबाबा बोल इन्टरनेशनल एअरपोर्टबाट विहान ८ः३८ मा उडेको र उडेको ६ मिनेटपछि नै विमानको टावरसँग सम्पर्क विच्छेद भएपछि दुर्घटना भएको थियो ।
विमान इथियोपियाको राजधानी अदिस अबाबाबाट ४५ किलोमिटर दक्षिणपूर्वमा अवस्थित बोसोफ्टु शहर नजिकै दुर्घटनाग्रस्त भएको हो ।