प्रदेश नं.२ को नाम र केन्द्र तोक्न सर्वदलिय बैठक बस्दै

जागरणपोस्ट ४ चैत्र २०७६, मंगलवार १३:४८

प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभामा मङ्गलबार मतदान हुने भएको छ ।

प्रदेशसभाको बैठक बिहान ८ बजेका लागि बोलाइए पनि बैठक भर्खरै सुरु भएको जनकपुरका उज्यालो सहकर्मी सुभाष कर्णले जानकारी दिनुभएकाे छ । यसअघि दलहरुले आन्तरिक छलफल गरेका थिए ।

प्रदेशकाे नामका विषयमा चार वटा प्रस्ताव दर्ता भएपछि कुनै नामको पक्षमा पनि दुई तिहाइ नपुग्ने निश्चित जस्तै छ । सत्तारुढ समाजवादी र राजपाले प्रदेशको नाम मधेश राख्नुपर्ने प्रस्ताव दर्ता गराएकाे छ भने नेकपाले जानकी तथा काँग्रेसले मिथिला राख्नुपर्ने प्रस्ताव दर्ता गराएको छ ।

नाम पारित हुन दुई तिहाइ मत आवश्यक पर्छ तर कुनै पनि प्रस्तावले दुई तिहाइ समर्थन पाउने सम्भावना नभएपछि दलहरु छलफल गरिरहेका हुन् । यसैबीच नेकपाले जानकी प्रदेशकै पक्षमा र काँग्रेसले मिथिलाका पक्षमा मतदान गर्न आफ्ना साँसदलाई ह्विप जारी गरेको छ । काँग्रेस तथा नेकपाका केही सांसद मधेश प्रदेशको पक्षमा उभिँदा क्रस भोटिङ्ग हुन सक्ने सम्भावना देखिएपछि ह्विप जारी गरिएको नेताहरुले बताएका छन् ।

यस्तै सत्तापक्षका केही सांसद मध्य मधेश नाम राख्नुपर्ने प्रस्तावको पक्षमा देखिएका छन् । नाम र राजधानीका लागि प्रदेशसभाका सांसदले गोप्य मतदान गर्ने र त्यसअघि छलफल गर्ने तयारी रहेको प्रदेश २ का सभामुख सरोजकुमार यादवले जानकारी दिनुभयो ।

राजधानी भने जनकपुरधामलाई बनाउनुपर्ने पक्षमा धेरैको सहमति रहे पनि केही सांसदले वीरगञ्जलाई राजधानी बनाउनुपर्ने प्रस्ताव दर्ता गराएका छन् । प्रदेश २ मा एक सय सात सांसद रहेकोमा सङ्घीय समाजवादी पार्टीका ३१, राजपा नेपालका २५, नेकपाका ३२, काँग्रेसका १९ सांसद छन् ।

यसअघि नाम र राजधानी सहमतिमै टुङ्गो लगाउन र प्रस्तावमाथि छलफल गर्न सभामुख सरोजकुमार यादवको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिए पनि दलहरुबीच सहमति हुन नसकेपछि मतदान हुन लागेको हो

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६