कोरोना कहर- चीन आक्रान्त हुँदा अमेरिका भने बाँसुरी बजाईरहेको थियो

जागरणपोस्ट १५ चैत्र २०७६, शनिबार ११:०४

बिजय ज्ञवाली//

जब चीन कोरोनाभाइरससंग युद्धस्तरमा लड्दै थियो अमेरिकामा त्योबेला कुनै समय यस्तो पनि थियो- कतिपय राजनितिज्ञ, प्रशासक, कुटनितिज्ञ तथा नागरिकले चीनको दुर्दर्शा देखेर खुशी पनि मनाऊंदै थिए। तर, आज समय खर्लप्प उल्टिएर चीनकोभन्दा भयंकर समस्याबाट अमेरिका गुज्रीरहेको छ तर चीन या चीनका नागरिकले अमेरिकाको अवस्था देखेर खुशी मनाएका समाचार भने सार्वजनिक भएका छैनन। आजका दिनमा चीनले धेरै क्षतिका माझ पनि कोरोना भाइरसमाथी लगभग जित हासिल गरिसकेको छ। वुहान प्रान्तको जनजिवन समान्य बन्दै गईरहेको छ, सडकमा ट्राफिक जाम बढ्न थालेको छ, मान्छेहरु किनमेलमा ब्यस्त हुन थालेका छन भने बन्द व्यवसाय तथा उद्योग कलकारखानाहरु बिस्तारै बिस्तारै संचालनमा आईरहेका छन। एकहिसावले भन्नुपर्दा अब चीनले कोरोनामाथी बिजय हासिल गरिसक्यो, कोरोना फैलावटको केन्द्र वुहान राज्यको जनजिविका सामान्य पारिसक्यो र आफ्ना पिडित नागरिकको संरक्षण एवं सुरक्षणमा लागीसकेको छ। यतिमात्र होईन, यस महामारीसंगको युद्धमा विजय प्राप्त गरेर पनि अब चीन विश्वका अन्य शक्तिशाली राष्ट्रदेखि तुलनात्मक रुपमा कमजोर र विकाशोन्मुख देशहरुमा यस महामारीसंगको लडाईंमा भरपुर साथ एवं सहयोग गरिराखेको छ। विकराल बनेको कोरोना महामारीमाथी बिजयी प्राप्ती गरेको चीन अन्य देशमा डढेलोसरि फैलिएको यस अवस्थामा उ अमेरिकाझैं खुशी भएर बसेन, बरु उसले आफ्नो घरको आगो पनि निभायो, र छिमेकीका घरहरुमा सल्किएको आगो निभाऊन हरदम कोसिस गरिरहेको छ।

रोम जलिरहंदा निरो भने बाँसुरी बजाएर बसेझैं कोरोनाबाट चीन आक्रान्त हुँदा यता अमेरिकामा भने हर्षबढाईं थियो। जब त्यहिं कोरोना चीनबाट बाहिर निस्केर प्राचीन रोम सभ्यताको केन्द्र इटालीमा भयाभह स्थितिको अवस्था आऊँदैगर्दा उता ट्रम्प भने `चाइनिज भाइरस´ भन्दै भद्दा मजाक उडाऊंदै थिए। हेर्दाहेर्दै २/४ दिनमैं चीनलाई उछिन्यो इटालीले। दिनहुँ कोरोना संक्रमणबाट ७/८ सय नागरिकले इटालीमा ज्यान गुमाऊन थाले। इटाली महासंकटमा फसिसकेको थियो, उसंगै स्पेनलगायत बाँकी युरोप कोरोना कहरबाट बर्बाद हुँदैगर्दा पनि ट्रम्पले चीनमाथी ब्यंग्य गर्न छाडेनन।

आफ्नो प्रतिद्वन्द्वी राष्ट्र चीनमा जब यो महामारी फैलिंदै थियो, अमेरिका ढुक्क थियो, अमेरिकामा यसकारण खुशीयाली थियो कि चीन कमजोर हुनेछ। आफ्नो टाऊको दुख्न केहिबर्षका लागि कम हुनेछ। चीनले अमेरिकासंग केहिबर्षका लागि टक्कर लिनसक्ने अवस्थामा हुनेछैन। आफ्नो भू- राजनितिक एवं आर्थिक प्रतिद्वन्द्वी केहि समयका लागि कमजोर भएर जानेछ या केहि समयको लागि चीनलाई `सुपरपावर´ यात्रामा अवरोध हुन जानेछ। चीनमा फैलिएको कोरोना महामारीसंग अमेरिका कति खुशी थियो भनेर जान्न अमेरिकाकै बाणिज्यसचिव विल्बर रासको अभिब्यक्तिलाई लिए पुग्दछ। जुनबेला चीन कोरोना भाइरससंग लड्दैथियो, त्योबेला उनले भनेका थिए- “कोरोनाभाइरस अमेरिकाको लागि फाइदाको बिषय हो। किनकि यसले चीनको प्रतिस्पर्धात्मक क्षमतालाई कमजोर पारिदिनेछ।”

तर, नतिजा भने ठिक उल्टो निस्किदियो, परिणाम भयाभह बनिदियो। आज चीनले प्रतिस्पर्धात्मक क्षमतामात्र होईन मानवियताको क्षमतालाई पनि विश्वभर सहयोगस्वरुप बढाईरहेको छ। आजसम्म तथ्यांक लुकाऊंदै आएको अमेरिकामा जब कोरोना कहर भित्रभित्रै भुसको आगोसरह फैलियो र सम्हाल्ने स्थितिमा आउन छोड्यो- नतिजा धमाधम सार्वजनिक हुनथाले। युरोपपछि आज अमेरिकाको हालत भयाभह छ कोरोना संक्रमणका कारणले। हिजो चीनमा भयाभह बन्दा हौशिएर खुशी मनाईरहेका अमेरिकनहरु आज कोरोनाको चरम् चपेटामा आईरहेका छन। दिनका दिन नयाँ नयाँ रेकर्डहरु सार्वजनिक हुँदै गईरहेका छन र पनि चीनले भने अमेरिकाको यो हालत देखेर खुशीयाली भने मनाएको छैन। बरु उल्टै कतिपय कोरोना टेस्ट कीट, सेनिटाइजर र मास्क अमेरिकालाई सहयोग गरिसकेको छ। कोरोनाको कहरले जब अमेरिकालाई हल्लाऊन थाल्यो तब ट्रम्पले भने- “हामीले धेरैजनाको परिक्षण गरेको हुनाले संक्रमणको संख्या धेरै आएको हो।” ट्रम्पको योभन्दा हतास र हावा मानशिकता बुझ्न अरु कुनै उदाहरण चाहिन्छ र?

अझै पनि अमेरिकालाई `सुपरपावर´ कै चिन्ता छ। हिंजो शुक्रबारका दिनमा मात्रै १७ हजार नयाँ कोरोना संक्रमित भेटिएको अमेरिकामा जम्मा कोरोना संक्रमितको संख्या १ लाख २ हजार पुगेको छ। १ हजार ६ सय जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसक्दा पनि अमेरिकालाई अझै पनि सुपरपावरको चिन्ता छ। कहिं आफ्नो सुपरपावरको ताज चीनले नखोसिदियोस। कोरोनासंग विजय प्राप्त गरिसकेको चीन विश्वविजयमा लम्किरहंदा कहिं अमेरिका नपछारियोस, नचिप्लियोस। चीनले नउछिनोस। बस- अमेरिकाको लागि मनको भूत यत्ति नै हो- चीन। कोरोना कहरले अमेरिकी नागरिकलाई त्राही त्राही बनाईरहंदा उता ट्रम्प प्रशासन भने चीनको भूतको त्रासले निद्रा हराम गरिदिएको छ। विश्वका अधिकांश देशहरु आज कोरोना रोकथामकै लागि भनेर पूर्णरुपमा लकडाउन, सेमीलकडाउन भइरहेकै बेला अमेरिका भने अर्थतन्त्र लडखडाउने डरले लकडाउनमा जान सकिराखेको छैन। कहिं यहिं लकडाउनको मौका छोपेर आफ्नो सुपरपावरको ताज चीनले नछिनोस। बस, महामारी र नागरिक सम्हाल्दै गरौंला, तर अहिलेको अवस्थामा गुमेको सुपरपावरको ताज फर्किन सायदै सम्भव होला भन्ने अमेरिकाको आत्मालाप होला। तर, यस महामारीबाट चीन भने कत्ति पनि लडखडाएन, बरु झनै शक्ति आर्जनको माध्यम बनाऊन चीन सफल भएको छ।

ट्रम्पले चाइनिज भाइरस भनेर ब्यंग्य गर्दैगर्दा चीनले भने वुहानमा कोरोना अमेरिकी सेनाले फैलाएको भनेर आरोप लगाऊंदै थियो। यि दुई शक्तिराष्ट्रविच एकआपसको व्यंग्य र आरोपका माझ चीनले ३ अमेरिकी पत्रकारलाई देशनिकालाको घोषणा पनि गरिदियो। अमेरिका चीनबिचको यस्तो हर्कतले कहिं सम्बन्धमा चिसोपना ल्याउने त होईन भन्ने आशंकाका माझ चीन विश्वलाई सहयोग गर्न निस्कियो भने अमेरिकाले चीनसंगको सहकार्यमैं कोरोना महामारीसंग जुध्ने भनेर घोषणा गरिदियो। आशा छ, शक्तिराष्ट्रविचको यसप्रकारको सहकार्यले विश्वमा महामारी बन्दै गईरहेको कोरोना भाइरसमाथी छिट्टै नियन्त्रण हुनेछ र कोरोनाले तहसनहस बनाएको विश्वअर्थतन्त्रले पुनश्च: गति लिन शुरु गर्नेछ। यति हुँदाहुँदै पनि अमेरिकाको आफ्नो मनको त्रास भने कायमैं रहिरहनेछ। यहिं त्रासलाई लिएर अमेरिका- चीन सम्बन्धमा चिसोपना भने तत्काललाई आउनेछैन।

Facebook Comments

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५