कोरियाले यो बर्ष १० हजार कामदार लैजाने

जागरणपोस्ट २९ फाल्गुन २०७५, बुधबार १८:४५

काठमाडौं – दक्षिण कोरियाले सन् २०१९ मा १० हजार नेपाली कामदार लैजाने भएको छ । गत वर्षको तुलनामा यस वर्ष झण्डै दुई हजार बढी नेपाली कामदार लैजाने लागिएको हो । वैदेशिक रोजगार ईपीएस कोरिया शाखाका अनुसार सन् २०१८ मा आठ हजार पाँच सय ११ जना कामदार कोरिया गइसकेका छन् । उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र कृषि तथा पशुपालनतर्फ तीन हजार कामदार लैजाने ईपीएस शाखा कार्यालयले जनाएको छ ।

शाखा प्रमुख कृष्ण खनालका अनुसार नेपालको सिस्टम राम्रो भएकाले र कामदार अन्य देशका तुलनामा बढी मन पराइएकाले कोटा बढेको हो । तर भाषा उत्तीर्ण गरेका सबै नेपाली कोरिया जान पाउँदैनन् ।

कोरियाले उत्पादनक्षेत्रमा नेपाली कामदार रुचाएको छ । कृषिका लागि पास भएका सबै कोरिया नपुगे पनि उत्पादनमूलक क्षेत्रमा भाषा उत्तीर्ण गर्ने सबैजसो गएको उनले बताए ।

कोरियाले १६ देशबाट वार्षिक ५० देखि ५५ हजार कामदार लैजाने गरेको छ । ईपीएस प्रमुख खनालले अरु देशभन्दा नेपाली कामदार बढी रुचाइएको बताए । ‘नेपाली मेहनती हुने भएकाले पनि कोरियनको रोजाइमा परेका हुन्’, उनले भने । रोस्टर सिस्टम पनि राम्रो भएकाले पनि भाषा पास गर्नेको दायरा बढ्दै गएको उनको भनाइ छ ।

कोरिया रोजगारका लागि आगामी जेठमा भाषा परीक्षा हुने भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) जेठ २५ र २६ गते हुने भएको हो । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले सूचना जारी गर्दै भाषा परीक्षाका लागि चैत ८ देखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिने उल्लेख छ । आवेदकको परीक्षा काठमाडौं र पोखरा केन्द्रबाट सञ्चालन हुनेछ । दरखास्त दर्ता परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्ने सूचनामा उल्लेख छ । तर पोखरामा सुरुमा फर्म भर्ने १२ हजार मात्रले आवेदन फाराम भर्न पाउनेछन् ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८