वीरगन्ज : दुई दिनदेखि वीरगञ्ज–रक्सौल नाकामा रोकिएका ट्याङ्करलाई आज दिउँसोबाट भारत प्रवेश गराइएको छ । भारतीय भन्सारले आज दिउँसोबाट ट्याङ्कर प्रवेश खोलेको हो ।
भारतीय कामदारले सीमामा आन्दोलन गरेका कारण हिजो भारतीय सुरक्षाकर्मीले ट्याङ्कर प्रवेशमा रोक लगाएका थिए । मितेरी पुलमा रोकिएका भारतीयहरु गएराति नै रक्सौल प्रवेश गरेपछि ट्याङ्करले भारत प्रवेश पाएका हुन् ।
रोकिएका ट्याङ्करले इन्धन ल्याउन शुरु गरिसकेको नेपाल आयल निगमले जानकारी दिएको छ । अत्यावश्यकीय वस्तु आयात निर्यातमा कुनै रोक नलगाउने भनिएपनि सीमामा असहजस्थिती आएको भन्दै भारतले हिजो ट्याङ्कर रोकेको थियो ।