महोत्तरी : महोत्तरी जिल्ला अदालतले सामूहिक बलात्कारको आरोपमा चार जना युवकलाई जेल चलान गरेको छ । जेल चलान हुनेमा महोतरीको जलेश्वर नगरपालिका ६ का २४ वर्षीय राजु ठाकुर, ३४ वर्षीय संतोष कुमार ठाकुर, २६ वर्षीय खुसनुर अंसारी र १९ वर्षीय प्रभन्स पंडित रहेको जिल्ला अदालत महोतरीले जनाएको छ ।
गत फागुन १५ गते जलेश्वरमा लागेको परिक्रमा मेलाकै राति मेला भर्न गएकी २ किशोरीमाथि बलात्कार गर्नेलाई जेल सजाय भएको हो । घटनामा संलग्न थप तीन जना फरार रहेका छन् भने प्रहरीले उनीहरुको पनि व्यापक रुपमा खोजतलाश गरिरहेको जनाएको छ ।