देशको व्यवस्था बदलियो, अबस्था बदलिएन

जागरणपोस्ट २५ चैत्र २०७६, मंगलवार २२:२५

प्रशान्त ज्ञवाली
विभिन्न बाइसे र चौबिसे राज्यहरुलाइ एकीकरण गरि वीर पुर्खा पृथ्वीनारायण शाहले सिङ्गो एउटा नेपाल निर्माण गरेका हुन्।राज शासन बाट राणा शासन हुँदै पन्चायत काल पछि कयौं मानिसको बलिदानबाट गणतन्त्र स्थापना भयो ।

वि.सं २०७२ सालको महाभुकम्पका बाबजुद पनि प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा नेपालको संविधान लेखियो र ब्यबस्थापिका सांसदद्वारा बहुमतले पारित भइ वि.सं २०७२ साल असोज ३ गते नेपालका तत्कालीन रास्ट्रपति डा. रामबरण यादवद्वारा नेपालको संबिधान २०७२ जारी गरियो । नेपालको संविधान २०७२ अनुसार नेपाललाइ संघीय ७ प्रदेशमा बिभाजन गरियो ।

संबिधान पश्चात् अब त सुखका दिन आउछन भनी आशा बोकेका नेपाली जनता २०७६ साल सम्म आइपुग्दा पनि देशको अबस्थाबारे चिन्तित छन । वि.सं २०७६ साल सम्म आइपुग्दा नेपालमा कति प्रधानमन्त्री बदलिए,कति नयाँ निति नियमहरु लेखिए, कति निति नियम र कानुन परिमार्जित गरिए तर देशको अवस्थाले भने कोल्टे फेर्न सकेन अर्थात देशको ब्यबस्था त बदलियो तर अवस्था बदलिन सकेन ।

राजा गए रास्ट्रपति आए, बिकास कार्य बदलिएन।प्रधानमन्त्री बदलिएको बदलि छन्, भ्रस्टाचार बदलिएन । नीति नियमहरु बदलिएको बदली छन्, न्याय बदलिएन । राजनितिक दल बदलिएको बदली छन्, कमिसनको खेल बदलिएन।सरकार ६ ६ महिनामा बदलिन्छ तर जनताको पिडा बदलिएन ।

अहिले यो देशका प्रत्येक आम जनताको गुनासो यो छ कि यो देशले एउटा गतिलो नेता नै पायन र म पनि यो भन्छु कि हो यो देशले एउटा गतिलो नेता नै पायन ।

करोडौंको भिडमा पनि एउटा सच्चा देशभक्त राजनितिज्ञ जन्मिएको भय आज मेरी आमा बिरामी हुँदा डोकोमा बोकि अस्पताल लैजानु पर्दैनथ्यो होला, मेरी दिदीको महिनावारी समयमा छाउ घर जानू पर्दैनथ्यो होला, सेना हुने सपना बोकेका मेरा दाइ खाडी जानुपर्दैनथ्यो होला,बिधालय पढ्ने मेरो भाइ तुइन तरी बिधालय जानू पर्दैनथ्यो होला,१३ बर्षिय मेरि बैनी सडकमा डराइ डराइ हिड्नु पर्दैनथ्यो होला ।

कहिले ७० करोडको कमिसन त कहिले कति? कमिसनको आशमा रहने सरकार र भ्रस्टाचार भित्रको घिनलाग्दो राजनीतिले देशको अबस्था बदलिन सकेन ।

Facebook Comments

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५