बन्दना पाण्डेय
बुटवल : आज संसारले आफ्नो मुलुक नै गुमाउदै छ । देशले आफ्ना सन्ततिलाई लाइ गुमाउँदै छ । परिवारले आफ्नो सदस्य गुमाउँदै छ ।
आमाले आफ्ना सन्तान गुमाउँदै छिन ।मरेको छोरोलाइ आमा बाउले हात पनि लागाउन पाएका छैनन । छोराछोरिले आमाबाबु को लासलाइ दागबत्ती दिन पाएका छैनन । बेचिरहेका को पसिना पनि कहिले अन्त्य हुनेहो भन्ने पीरमा बाचेका छफन परदेसि सिउदोको सिन्दुर अनि जन्मेर बाउको को मुख पनि देख्न नपाएका दुधे बालक को पीरले पिरोलिएका छन आज नारी । सजाइएका सपना बोकेर चालेका पाइला कतिबेला रोकिने हो पत्तो छैन । खुन पसिनाले जोडिएको घरको धुरी पनि नदेखि बन्द हुने हुन कि आँखा त्यहीँ पिरमा कटाई रहेका छन जिन्दगी ।
सम्पत्ति बेचेर सहरमा पढाई गर्न गएका छोराछोरी को यादमा दिन गन्दै छ्न बुढा आमाबाबु
बिहान बेलुका काम गरेर पेट भर्ने परिवार रुदै छ धुरुधुरुतर कस्तो लाज मर्दो भाको छ मेरो देस
आफ्नै परिवारलाइ लुट्न मौका छोपेर बसिरहेका हुन्छ ।
कुर्ची ठटाएर बस्ने माहामहिमहरुको तलब बढीरहेको छ । देशका लागी दिनरात नभनी काम गर्ने कर्मचारीको तलब कट्टा भैरहेको छ । देश बनाउने जिम्मेवारी लिएका कर्मचारी ले सरकारी रकमले आफ्नो गोजी भर्दा कसैलाई खबर हुदैन । तर, राहात को ५ केजी चामल लिन जादा सबैको अगाडि चिनिनु पर्छ ।
बडो अचम्मको छ मेरो देश राहतको सामान गल्लीमा हुन्छ। एउटा परिवार एक छाक खान पाउने आशमा सरकारको बाटो कुर्छ । दिन कसैको फेरिदै छ कसैको बिगृदै छ ।
मानिस कोहि बुझेर नि अबुज बन्दै छन कोहि सबै कुरा बुझेर नि चुपचाप छन । गलत म ,तिमि हामी या हामिहरु हौ ।
भोट माग्दा घरमा पुग्न सक्नेले आज जनताको खबर बुझ्न किन खोजेनन । चुनावमा मासु भात खुवाउन डिजेल पेट्रोल दिन सक्नेले, आज दुइ छाक टार्न लाइ चामल दिन किन सकेनन ।
अलिकति त लाज गर आफ्नो इज्जत त राख्न सिक परिवारलाई तिमि माया गर्छौ । अलिकति दया जनता लाइ नि देखाउने गर । आज तिमीसबैको लागी भगवान बन भोली तिमिलाइ सबैले पुज्ने छन । आज देस बचाउ भोलि तिमि बाच्नेछौ ।